आज शनिबार शनिदेवलाई खुशी बनाउने ५ उपाय: शारीरिक-आर्थिक समस्यामा हुनेछ नसोचेको लाभ!

शनिदेवको नाम आउदैमा मनमा अनेक कुरा खेल्न थाल्छ । के तपाईहरुलाई थाहा छ, शनिलाई न्यायको देवता मानिन्छ। शनिदेवले मानिसको शुभ र अशुभ कर्मको फल दिन्छन्। त्यस्तै नराम्रो कम गर्ने मानिसलाई शनिदेवको क्रोधको सामना गर्नुपर्ने हुन्छ। जबकि परोपकारी मानिसहरुलाई शनिदेवले आशीर्वाद दिन्छन्। यद्यपि धेरै गल्तीहरु थाहा नभएर पनि सक्छ । यस्तो स्थितिमा आज हामी तपाईलाई शनिदेवलाई प्रसन्न पार्ने पाँच सजिलो उपायहरुको बारेमा बताउने छौँ । जसको प्रयोग गरी सबै प्रकारका शारीरिक, मानसिक र आर्थिक समस्याहरु बाट मुक्ति पाउन सक्नु हुनेछ।

१. शुर्यअस्त पछी पिपलको रुखमा बत्ति बल्दिनुहोस् । यस्तो गर्नाले धन सम्बन्धि समस्याबाट मुक्ति पाइन्छ ।

२. शनिदेवलाई तेल चढाउनुहोस् र पूजा गर्नुहोस्। शनिदेवलाई नीलो फूल चढाउनुहोस्। शनि देवको पूजा गर्दा शनिको मूर्तिलाई सिधा भएर दर्शन गर्नुहोस्।

३. पीपाललाई पानी चढाउनुहोस्, पूजा गर्नुहोस् र सात पटक परिक्रमा गर्नुहोस्। गरीब व्यक्तिलाई खाना खुवाउनुहोस् । यसो गर्दा शनिदेव  प्रसन्न हुन्छन् र गरिबी हट्नेछ ।

४. हरेक शनिबार बिहान-बिहना स्नान गरी शनिदेवालाई तेल चढाउनु होस् । र एक कचौरा तेल लिनुहोस् । तेस कचौराको तेलमा तपाईले आफ्नो छायाँ देख्नु भयो भने त्यो कचौरा सहित तेल दान गर्नुहोस् ।

५. हनुमानजीलाई सिन्दूर र चमेलीको फुल चढाउनुहोस् । हनुमान चालीसा पढ्नुहोस्। हनुमानको पूजा गर्नेलाई शनिले पिर्दैनन् ।

प्रकाशित : आइतबार, भदौ २७, २०७८१७:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१० दिनसम्म दैनिक पढ्नुहोस् भगवान गणेशको यस्ता मन्त्र, पाइनेछ सम्पूर्ण पापबाट मुक्ति!