१० दिनसम्म दैनिक पढ्नुहोस् भगवान गणेशको यस्ता मन्त्र, पाइनेछ सम्पूर्ण पापबाट मुक्ति!

भगवान गणेशलाइ दुख, कष्ट, आर्थिक अभाव, सन्तान शुख दिने भगवानको रुपाम लिने गरिन्छ । भगवान गणेशको हरेक पूजा गर्नु भन्दा पहिले पूजा गर्ने नियम रही आएको छ । मान्यता रहेको छ भगवान गणेशको पूजा गर्नाले जीवनको सम्पूर्ण दुख नास हुनेछ । गणेश चतुर्थीको महान पर्व अर्थात १० सेप्टेम्बरबाट शुरु भएको छ। यी दश दिनहरुमा भगवान गणेशको विधिवत पूजा गरिन्छ। यस बाहेक, भजन-कीर्तन गरिन्छ।

मानिस भएर जन्मे पछी जानेर अथवा अन्जानमा हामीबाट धरै गल्ति तथा पाप भएका हुन्छन् । आज हामी यस पोष्ट मार्फत भगवान गणेशसँग हामिबाट भएका गल्तिको क्षाम प्रार्थना गर्ने मन्त्रको बारेमा बताउने छौँ । सबैभन्दा पहिले भगवान गणेशको मुर्ति स्थापन गर्ने मन्त्रको बारेमा जन्नुहोस्।

श्री गणेश स्थापना मंत्र-
अस्य प्राण प्रतिषठन्तु अस्य प्राणा: क्षरंतु च। श्री गणपते त्वम सुप्रतिष्ठ वरदे भवेताम।

हामिबाट जानेर होस् या अन्जानमा धरै गल्ति तथा पाप कर्म भएका हुन्छन । जसबाट मुक्ति पाउनको लागि हरेक दिन बिहान-बिहान सुर्य उदय हुनु भन्दा पहिले उठ्नुहोस् र स्नाम गरि सुद्ध बन्नुहोस् । विधि पुर्वक भगवान गणेशको पुजा गरी यस मन्त्रले जापा गर्नुहोस् ।

क्षमा-प्रार्थना मन्त्र

गणेशपूजने कर्म यत् न्यूनमधिकम कृतम।
तेन सर्वेण सर्वात्मा प्रसन्न अस्तु गणपति सदा मम।।

यस तरिकाबाट भगवान गणेशको पुञ्ज आरधना गर्नुहोस र विधि पुर्वक १० दिन पछी भगवान गणेश गणपतिको पुजाको बिसर्जन गर्नुहोस् ।

प्रकाशित : आइतबार, भदौ २७, २०७८१७:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बृहस्पति र शनिको मिलन हुँदै, यी राशि रहनुहोस् सावधान !