अभिनेत्री ऋचा शर्माले सार्वजनिक गरिन् उनको छोराको तस्बिर, हेर्नुहोस् तस्बिर सहित!

नेपाली सिनेमा क्षेत्रको चर्चित अभिनेत्री ऋचा शर्माले सार्वजनिक गरिन् उनको छोराको तस्बिर….

केहि समय पहिले देखि अभिनेत्री ऋचा शर्मा गर्भवती भएको खबरले सामाजिक सञ्जाल तातेको थियो । केहिदिन पहिले मात्र अभिनेत्री ऋचाले जजको भूमिकामा देखिदै आएको कमेडी शो ‘कमेडी च्याम्पिएन’ छोडेकी थिइन् । अहिले अभिनेत्री ऋचालाई पुत्र लाभ भएको खबरले सामाजिक सञ्जाल तातेको छ ।

केहि दिन पहिले अभिनेत्री ऋचाले सार्वजनिक रुपमै उनलाई डाक्टर साथै आफन्तले पनि अब आराम गर्नु पर्छ भनेको हुँदा शो छोडेको उनले भेनेकी थिइन् । केहि दिन पहिले ऋचालाई पुत्र लाभ भएको सुचानालाई अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएकी थिइन्  ।  केकीले ऋचालाई बधाई दिँदै लेखेकी थिइन् ,” हाम्री प्यारी ऋचु दी अब नयाँ सदस्यको आगमनसंगै ऋचु ममी हुनुभएकोमा हामी सम्पूर्ण कमेडी च्याम्पियन परिवारको तर्फबाट हार्दिक बधाई । आमा अनि छोरा दुबैको सुस्वास्थ्यको कामना!!”

यतिबेला अभिनेत्रीलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो लागेको छ । यतिबेला अभिनेत्रीलाई उनको फ्यानहरु साथै उनका आफन्त, शुभ चिन्तक र विभिन्न कलाकारहरुले बधाई दिइरहेका छन् ।

पछिल्लो समयमा अभिनेत्री प्रियंका कार्की  गर्भवती भएपछी  सामाजिक सञ्जालमा जति सक्रिय थिइन् । उनको तुलनामा ऋचा सामाजिक सञ्जालमा खासै सक्रिय थिइनन् । तर  ऋचाले उनको गर्भावस्थाको केहि तस्बिर  सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्  । अभिनेत्रीले पोष्ट गरेका तस्बिर  मानिसहरुले निकै रुचाएका थिए । तस्बिरमा उनको शैली र अभिनेत्रीले लगाएका पोसाकलाई लिएर उनका फ्यानहरुले अभिनेत्रीको खुलेर  प्रसंसा  गरेका थिए ।

प्रकाशित : शुक्रबार, भदौ २५, २०७८१२:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री मलाइकाको ढल्कदो उमेरमा उर्लदो जवानी, सार्वजनिक गरिन् यस्ता तस्बिर!