यतिबेला अभिनेत्री मलाइका आरोडाले सामाजिक सञ्जालमा केहि यस्ता तस्बिर सेयर गरेकी छिन् जसले सामाजिक सञ्जालमा एक किसिमको तरङ्ग पैदा गरेको छ ।
मलाइका अरोरा आफ्नो फिटनेसका कारण परिचित छिन्। अभिनेत्री वर्षौंदेखि वर्कआउट गरीरहेकी छिन् र प्राय: जसो आफ्नो कसरतको तस्वीरहरु सोशल मिडियामा पोस्ट गर्छिन्। यस पटक मलाइकाले दुई सेल्फी सेयर गरेर आफ्नो फ्यानहरुको मन हलचल बढाएकी छिन् ।
यस सेल्फीमा मलाइका अरोराले कालो स्पोर्ट्स ब्रा र लेगिज लगाएकी छिन्। उनले फोटोमा ‘वर्क इट’ स्टिकर राखीन् र आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गरेकी छिन् ।
यी तस्बिरहरु मध्य एक तस्बिरमा अभिनेत्री आफ्नो कुकुरसँग तस्बिर लिएकी छिन् । अभिनेत्रीले तस्बिर सेयर गरेर उनको छोरालाई ट्याग गर्दै लेखेकी छिन् । ‘वी मिसिंग यू ।’
हालै अभिनेत्री मलाइले उनको बहिनिसँग डान्स गरेको तस्बिर सार्वजनिक गरेकी थिइन् । जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।
मलाइका र अभिनेता अर्जुन कपूर लामो समय देखि रिलेसनमा भएको कुरा भारतीय संचार मध्यमले बताउदै आएको छ । अर्जुनको ३४ औँ जन्मदिनमा अर्जुनले इन्स्टाग्राममा आफ्नो र मलाइकाको एक तस्बिर सार्वजनिक गरेका थिए ।