सिद्धार्थ मात्र नभई बलिउडका यी कलाकारको पनि कम उमेरमानै हृदयघातका कारण निधन भएको थियो!

टिभी सिरियल ‘बालिका वधु’ को चर्चित पात्र तथा ‘बिग बोस १३’ का विजेता सिद्धार्थ शुक्लाको ४० वर्षको उमेरमा निधन भएको छ। उनको आकस्मिक मृत्युको कारण टिभी तथा बकिउड क्षेत्रमा ठुलो धक्क लागेको छ । मानिसहरुमा विभिन्न किसिमको कुरा भए पनि यतिबेला सिद्धार्थको निधन हृदयघातका कारण भएको भनिएको छ । आज १२ बजे सम्ममा सिद्धार्थको पोष्टमार्टमको रिपोर्ट आउने भनिएको थियो तर अहिले सम्म रिपोर्ट सार्वजनिक भएको छैन । बलिउडमा अहिले सम्मको इतिहास हेर्ने हो भने हृदयघातका कारण निधन हुनेमा सिद्धार्थमा मात्र भने हैनन् । आज हामि यस्ता कलाकारको बारेमा कुरा गर्ने छौँ । जसले अल्पायुमा नै हृदयघातका कारण ज्यान गुमाउनु परेको थियो ।

राज कौशल

केहि समय पहिले मन्दिरा बेदीको पति राज कौशलको पनि ३० जूनमा निधन भयो। निर्माता तथा निर्देशक राज कौशलको निधनको खबर सुनेर मानिसहरु स्तब्ध भए। राज कौशलको हृदयघातबाट मृत्यु भएको हो। राजले उनको मृत्युको अघिल्लो दिन आइतबार आफ्ना साथीहरु सँग पार्टी गरेका थिए। त्यस पछी त्यहि रात राजको हृदयघातको कारण निधन भएको थियो।

राजीव कपूर

बलिउडमा कपूर परिवारमा दु:खको पहाड त्यसबेला खसेको थियो। जब प्रसिद्ध अभिनेता ऋषि कपूर पछि उनका कान्छो भाइ राजीव कपूरको ५८ बर्षको उमेरमा निधन भएको थियो । राजीव कपूरको  फेब्रुअरी ९ मा हृदयघातका कारण निधन भएको थियो । हृदयघात पछि रणबीर कपूर हतार-हतारमा नजिकको एक हस्पिटलमा लागेका थिए तर उनलाई त्यहाँ पुग्न साथ डाक्टरले मृत घोषणा गरेका थिए ।

रीमा लागू


बलिउड फिल्ममा सलमान खानकी आमाका रुपमा परिचित बरिष्ठ अभिनेत्री रीमा लागूको १८ मे २०१७ मा निधन भएको थियो। रीमा लागू आफ्नो सिरियल को छायांकन सकेर घर फर्किन् तब १८ मे को दिन राती हृदयघातका कारण निधन भएको थियो । त्यस समयमा उनको निधनको खबरले सबैलाई स्तब्ध बनाएको थियो ।

इन्द्र कुमार

सलमान खानसँग फिल्म ‘वान्टेड’ मा काम गरेका अभिनेता इन्द्र कुमारले धेरै कम उमेरमा संसार छोडे। उनी ४ जुलाई २०१७ मा ४३ वर्षको उमेरमा सुतिरहेको अवस्थामा हृदयघातको कारणले निधन भएको थियो।

प्रकाशित : शुक्रबार, भदौ १८, २०७८१३:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो अवस्थामा सिद्धार्थको अन्तिम संस्कारमा मुम्बई आइपुगिन् शहनाज गिल!