मुम्बईको ओशिवरामा सिद्धार्थ शुक्लाको अन्तिम संस्कारको तयारी भैरहेको छ। शहनाज गिल आफ्नो सबैभन्दा खास साथीको अन्तिम संस्कारको लागी आइपुगेकी छिन्। शहनाज गिलको शवदाहगृहबाट तस्बिर बाहिर आएको छ। यी तस्वीरहरु जसले कसैको पनि मनलाई बिचलित बनाइदिन्छ ।
शहनाज गिलको हालत धेरै नराम्रो देखिएको छ । शहनाज गिल अचेत अवस्थामा देखिएकी थिइन्। शहनाज गिललाई तस्बिरमा देख्न सकिन्छ उनि रोइरहेकी छिन् ।
यो कठिन समयमा शहनाज गिलको भाइ उनलाई सान्त्वना दिइरहेका छन् । शहनाज उनको भाइको साहारामा शवदाहगृह पुगेका छन्। बाहिर मानिसहरु र मिडियाकर्मीहरुको ठूलो भीड भएको हुनाले शहनाजलाई पुलिस सुरक्षासँग शवदाह गृह भित्र लागेको छ ।
शहनाज गिलको दुखी अनुहार स्पष्ट रूपमा उनको पीडा व्यक्त गर्दछ। शहनाज गिल पूरै टुटेकी छ। उसको हालत देखेर कसैको पनि मन दुख्न सक्छ ।
अभिनेता तथा ‘बिग बोस १३’ का विजेता सिद्धार्थ शुक्लाको बिहीबार निधन भएको छ। प्राथमिक जानकारी अनुसार उनी औषधि खाएर सुते र बिहान उठेनन्। सिद्धार्थ शुक्ला टिभी क्षेत्रको एक प्रसिद्ध नाम थियो र सोशल मिडियामा धेरै सक्रिय हुने गरेका थिए । सिद्धार्थ अन्तिम पटक त्यहि साझा उनको आमासँगै हिडेको देखिएको थियो । मुम्बई पुलिसले सिद्धार्थ शुक्लाकी आमा, बहिनी र भिनाजुको बयान लिएको छ । तर, सिद्धार्थको परिवारले उनको मृत्युमा कुनै आशंका व्यक्त गरेको छैन।
सिद्धार्थ र शहनाज पहिलो पटक ‘बिग बोस १३’ को सेटमा भेटेका थिए र घर भित्र एक घनिष्ठ मित्रता थियो। शहनाज सिद्धार्थलाई प्राय अँगालो हाल्थिन् र खुलेर उनको माया देखाउथिन् । एक पटक सलमानले शहनाजलाई सोधेका थिए ‘के तिमिहरु एक अर्कोलाई माया गर्छौ’ यस प्रश्नमा शेहनाजले भनेकी थिइन् । हैन हामि प्रेममा परेका छैनौ तर हामी बिचम केहि छ जसको कारण हामि यति नजिक भएका छौँ ।