चर्चित टिभी अभिनेता सिद्धार्थ शुक्लाको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको छ। उनका फ्यानहरु अझै पनी विश्वास गर्न असमर्थ छन् कि सिद्धार्थ अब यो संसारबाट बिदा भएका छन्। सिद्धार्थको अचानक मृत्युले फ्यानहरुको दिमागमा हजारौ प्रश्नहरु खडा भएका छ। ४० बर्षको उमेरमा हँसिलो स्वस्थ मानिस कसरी यो संसार छोड्न सक्छ? एकै साथमा प्रशंसकहरु सिद्धार्थको परिवार र उनको नजिकका साथीहरुको बारेमा चिन्तित छन्।
ठिक छैनन् शहनाज गिल
शहनाज गिल सिद्धार्थको सबैभन्दा नजिकको साथी हुन्। आज सम्म विभिन्न स्थानमा देखिदा शहनाज र सिद्धार्थ रोमान्टिक मुडमा देखिने गरेका छन्। यातिबेला सबैलाई चासोको विषय बनेको छ कि सिद्धार्थको निधन पश्चाता शहनाजको अवस्था कस्तो छ भनेर, हाले एक च्यानलसँग भएको कुरामा शहनाजको बाबुले भनेका छन् । ‘अहिले म कुरा गर्न सक्ने अवस्थामा छैन। जे भएको छ त्यो मैले विश्वास गर्न सकेको छैन।’
यस पछी शहनाज सँग कुरा गर्न सकिन्छ भन्दा उनका बाबुले भनेका छन् । ‘मैले शहनाज सँग कुरा गरेको थिए अहिले उनि कुरा गर्न सक्ने अवस्थामा छैनन् । मेरो छोरी मुम्बई जान भनेर यहाँबाट हिडी सकेकी छिन् । खबर अनुसार जब शहनाजलाई खबर प्राप्त भयो त्यस पछी तत्काल उनि आजको शुटिंगलाई स्थिकित गरेर त्याहाबाट हिडेकी छिन् ।
सिद्धार्थ र शहनाज पहिलो पटक ‘बिग बोस १३’ को सेटमा भेटेका थिए र घर भित्र एक घनिष्ठ मित्रता थियो। शहनाज सिद्धार्थलाई प्राय अँगालो हाल्थिन् र खुलेर उनको माया देखाउथिन् । एक पटक सलमानले शहनाजलाई सोधेका थिए ‘के तिमिहरु एक अर्कोलाई माया गर्छौ’ यस प्रश्नमा शेहनाजले भनेकी थिइन् । हैन हामि प्रेममा परेका छैनौ तर हामी बिचम केहि छ जसको कारण हामि यति नजिक भएका छौँ ।