आज १० बजे सिद्धार्थ शुक्लाको पोष्टमार्टम रिपोट आउने भएको छ । त्यस्तै आज उनको पार्थिक शरीरलाई उनको गाउँमा लगेर अन्त्येष्टि गरिने कुरा भारतीय संचार माध्यामले जनाएको छ ।सिद्धार्थको पोष्टमार्टम ५ जना डाक्टरले गरेका छन् । हिजो बिहान सिद्धार्थलाई कोनको कोठामा अचेत अवस्थामा देखेपछी उनलाई अस्पताल लागिएको थियो । अस्पताल पुग्ना साथ निधन भएको घोषणा गरेको थियो ।
चर्चित टिभी अभिनेता सिद्धार्थ शुक्लाको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको छ। उनका फ्यानहरु अझै पनी विश्वास गर्न असमर्थ छन् कि सिद्धार्थ अब यो संसारबाट बिदा भएका छन्। सिद्धार्थको अचानक मृत्युले फ्यानहरुको दिमागमा हजारौ प्रश्नहरु खडा भएका छ। ४० बर्षको उमेरमा हँसिलो स्वस्थ मानिस कसरी यो संसार छोड्न सक्छ ? एकै साथमा प्रशंसकहरु सिद्धार्थको परिवार र उनको नजिकका साथीहरुको बारेमा चिन्तित छन्।
यातिबेका सबैलाई सिद्धार्थको नजिकको साथि शहनाज गिलको अवस्थाक्बारेमा जान्न मन छ । शहनाजलाई जब सिद्धार्थ निधनको खबर प्राप्त भएको थियो । त्यस पछी तत्काल उनि आजको शुटिंगलाई स्थिकित गरेर त्याहाबाट हिडेकी छिन् । भने उनको पछिल्लो जान्कारे प्राप्त भने हुन् सकेको छैन ।
सिद्धार्थ र शहनाज पहिलो पटक ‘बिग बोस १३’ को सेटमा भेटेका थिए र घर भित्र एक घनिष्ठ मित्रता थियो। शहनाज सिद्धार्थलाई प्राय अँगालो हाल्थिन् र खुलेर उनको माया देखाउथिन् । एक पटक सलमानले शहनाजलाई सोधेका थिए ‘के तिमिहरु एक अर्कोलाई माया गर्छौ’ यस प्रश्नमा शेहनाजले भनेकी थिइन् । हैन हामि प्रेममा परेका छैनौ तर हामी बिचम केहि छ जसको कारण हामि यति नजिक भएका छौँ ।
सिद्धार्थको जन्म मुम्बईमा भएको थियो। मोडलिङ तथा अभिनयमा रुची नभएका सिद्धार्थ सानैबाट व्यापार गर्न चाहन्थे। उनी आफ्नो लुक्सका कारण मानिसहरुलाई आकर्षित गर्न् सफल हुन्थे। सन् २००४ मा आफ्नी आमाको आग्रहमा उनले पहिलो पटक मोडलिङ प्रतियोगितामा सहभागी भएका थिए। बिना कुनै पोर्टफोलियो प्रतियोगितामा पुगेका सोद्धर्थको लुक्सकै कारण उनलाई छानिएका थियो।