एजेन्सी : फिल्म ‘कहो ना प्यार है’ बाट बलिउडमा अभिनेत्री अमीषा पटेलले धमाकेदार कदम राखेकी थिईन्। उनले ‘गदर’ जस्ता फिल्ममा अभिनय गरी आफ्नो अभिनय कलालाई नयाँ उचाईमा पुर्याएकी थिईन्। दुई सुपरहिट फिल्ममा काम गरेपछि अमीषा पटेलको फिल्मी करियर फ्लप भयो। लामो समयदेखि उनी पर्दाबाट गायब भएकी छिन्। उनी फिल्म ‘रेस’ मा अभिनेता अनिल कपूरसँग देखिएको थियो। यस फिल्ममा पनि अमीषाको अभिनयबाट दर्शक प्रभावित भएका थिए। तर अमीषा फिल्ममा सहायक भूमिकामा देखिएकी थिइन्। जसले गर्दा उनले सोचे जस्तो चर्चा कमाउन सकिनन्।
फिल्मी करियर असफल भएपनि अमीषा पटेल आफ्नो जिन्दगी एक रानी जसरी बिताईरहेकी छिन्। अमीषा उमेरले ४५ वर्षकी भईसकिन् तर आफ्नो बो:_ल्ड फिगर र ह:_टनेसले मानिसहरुलाई अहिले पनि दीवाना बनाउन कुनै कसर बाँकी राखेकी छैनन्। अमीषा पटेल सामाजिक सञ्जालमा खुब सक्रिय रहन्छिन्। प्राय: उनी आफ्नो बो:_ल्ड तस्बिर र भिडियो शेयर गरिरहन्छिन्। हालै उनले केही लेटेस्ट तस्बिर शेयर गरेकी छिन्, जुन खुब भाइरल भईरहेको छ।
अमीषाले आफ्नो अफिसियल इन्स्टाग्राममा आफ्ना तस्बिर र भिडियो पोस्ट गरिरहन्छिन् । हालै उनले आफ्नो एक भिडियो पोस्ट गरेकी छिन्। जसमा उनले पोल्का डट क्रप टप र डेनिम शर्ट्स लगाएकी छिन् र पानी पिउँदैछिन्। यस भिडियोमा उनी अत्यन्तै ह:ट देखिएकी छिन्।