सुन्दर अभिनेत्री श्रद्धा कपूर यी दिनहरुमा फिल्महरुमा भन्दा सामाजिक सञ्जालमा बढी सक्रिय भएको पाउन सकिन्छ । यति बेला श्रद्धाले सामाजिक सञ्जालमा दुलहीको पोशाकमा आफ्नो नयाँ तस्वीर सार्वजनिक गरेकी छिन् । यस तस्बिरमा श्रद्धा दुलहीको लुगा लगाएर उभिएकी छिन्। यस भन्दा केहि समय पहिले श्रद्धाको काकीले श्रद्धाको विवाहको बिषयलाई लिएर ठुलो खुलास गरेकी थिइन् । श्रद्धा लामो समय देखि उनको निजि जीवनको बिषयलाई लिएर चर्चामा छिन् ।
श्रद्धाले रातो पोशाकमा सेयर गरेको तस्बिरमा अभिनेत्री निकै सुन्दर देखिएकी छिन् । धरै पटक अभिनेत्री श्रद्धा र रोहनलाई सँगै देखिएको छ । तर अभिनेत्रीले यसबारे कहिल्यै खुलेर कुरा गरेकी छैनन् । पछिल्लो समयमा सामाजिक सञ्जालमा धरै हल्ला फैलिएको छ कि रोहन र श्रद्धा एक अर्कोलाई माया गर्छन् ।
यसै क्रममा भारतीय मिडियहरुको अनुसार अभिनेत्री श्रद्धाको काकीलाई श्रद्धा र रोहन श्रेष्ठको विवाहको बारेमा कुरा गर्दा उनले धरै कुरा त भनिन् । तर उनले भनिन् ‘विवाहको प्रश्न अलि अप्ठ्यारो छ, तर यदि त्यस्तो कुनै तयारी छ भने पक्कै समाचार प्राप्त हुनेछ।’
पछिल्लो समयमा रोहनाले एक अन्तर्वार्ताको क्रम भनेका थिए । उनको र श्रद्धाको बारेमा अहिलेको समयमा चलिरहेको हल्ला गलत हो । रोहनले भने श्रद्धा र उनि बिगत ९ वर्ष देखि एक अर्कोको मिल्ने साथि मात्र हुन् । यस वर्षको मार्चा महिनामा श्रद्धा र रोहना घुम्नको लागि माल्दिभ्स गएका थिए ।