राज कुन्द्रा पक्राउ परेको केहि दिन पछी अभिनेत्री शिल्पा शेट्टी काममा फर्किइन्। राज कुन्द्राको केश पछि अभिनेत्री पहिलो पटक शोमा उपस्थित भएकी हुन्। अब अभिनेत्री एक पटक फेरी सामाजिक सञ्जालमा सक्रिय भएकी छिन् । शिल्पाले केहि समय पहिले केहि तस्बिर समाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । अभिनेत्रीले तस्बिर पोस्ट गर्दै फ्यानहरुलाई सन्देश पनि दिएकी छिन् ।
हालै शिल्पा शेट्टीले आफ्नो इन्स्टाग्राम महिला सशक्तिकरणको बारेमा एक कडा सन्देश दिईन्। अभिनेत्रीले एक फोटोशूटका केही तस्बिरहरु सेयर गरेकी छिन् । अभिनेत्रीले तस्बिर सेयर गर्दै क्याप्सनमा लेखेकी छिन् । ‘महिलाहरुलाई उठ्नको लागि दृढ संकल्प भन्दा अरु कुनै ठुलो शक्ति छैन।’
शिल्पा शेट्टीले यो तस्वीर र सन्देशको मध्यमबाट यो कुरा स्पस्ट पारेकी छिन् । उनि उनको जीवनमा आउने हरेक समस्यालाई परास्त गर्ने छिन् । शिल्पा शेट्टीको तस्बिरमा उनको शैली निकै पृथक देखिन्छ । उनी तस्वीरहरुमा धेरै आत्मविश्वासको साथमा विभिन्न पोज दिएकी छिन् ।
शिल्पाको यो तस्बिर ‘डान्स दिवाने ४’ शुटिंग स्थलबाट लिएको हो । गत डान्स दिवानेको सेटमा शिल्पाले यहि साडी लगाएकी थिइन् । यस तस्बिरमा शिल्पाको लुकको कुरा गर्ने हो भने निलो कलरको साडीमा पिंक कलरको बुट्टा र गुलाबी कलरको किनारा रहेको छ ।
यस भन्दा पहिले शिल्पा शेट्टी उनको पारिवारिक कारणले गर्दा शोमा उपस्थित हुन सककेकी थिइनन् । तेस समयमा शोका निर्माता टिमले भनेको थियो कि शोमा शिल्पा नै पुन: आउने छिन् ।
तस्बिर श्रोत: शिल्पा शेट्टी इन्स्टाग्राम