हरेक वर्ष लाखौ मानिसहरु मुटु रोगको कारण आकलमा ज्यान गुमाउने गरेका छन् । धरै अनुसन्धानबाट पनि सावित भैसकेको छ कि मुटु सँग सम्बन्धि बिरामीलाई यस्ता केहि चिज छन् जसले मुटु सम्बन्धी रोगहरुको जोखिमलाई कम गर्दछ। विभिन्न अध्यन अनुसार केहि यस्ता बिरुवामा फाल्ने फल रहेका छन् जसको सेवनबाट मुटुमा हुने गहिरो प्रभावलाई कम गर्दछ । यसको सेवनले विभिन्न रोगबाट बचाउनुको साथै मुटु सम्बन्धि समस्या भएको बिरामको लागि पनि ठुलो राहात पुर्याउछ । एक अध्यनको अनुसार खानामा गोलभेडा र हरियो साग सब्जिले मुटुको समस्या हुनेलाई धरै राहात हुने गर्दछ ।
अन्वेषकहरूले पत्ता लगाए अनुसार एक दिनमा कम्तिमा दुइ किसमको सब्जीको सेवन गर्नाले मुटुको रोगबाट हुने समस्यालाई ३४ प्रतिशत सम्म कम गर्दछ । यसको साथै गोलभेडाको सेवनले बढी मात्रामा सकारात्मक परिणाम दिने पाइएको छ । यस बाहेक रातो मासुको सेवनमा कम गर्नुहोस् । यसले मुटुलाई सुरक्षित् राख्न थप मद्दत गर्दछ।
अन्वेषकहरुका अनुसार हरियो सागपात खानुको असर शरीरमा स्पष्ट देख्न सकिन्छ। हरियो सागपातमा फाइबर र भिटामिनको मात्र धरै हुन्छ। जुन शारीरिकको सकारात्मक विकासको लागि आवश्यक हुन्छ ।त्यस्तै गोलभेडामा लाइकोपीनको साथमा कार्बोहाइड्रेट पोटेशियम र प्रोटीन हुन्छ,जसले शरीरलाई रोगहरुबाट टाढा राख्छ।
यदि तपाईलाई हरियो सागा सब्जी मनपर्दैन भने यसलाई तपाईहरु सलादको रुपमा प्रयोग गर्न सक्नु हुन्छ । यसको अलावा हरियो सब्जी तथा गोलभेडाको जुस बनाएर सेवन गर्न सक्नु हुन्छ । साथै यस्ता सब्जीबाट बनेको तरकारीको रस सेवन गर्न सक्नु हुन्छ । जसले पाचन प्रणालीमा ठुलो सहयोग पुर्याउछ ।