सलमानदेखि शाहिदसम्म : यी बलिउड सेलिब्रेटीको छन् ३ आमा र ३ बुबा

एजेन्सी : बलिउड इन्डस्ट्री एक यस्तो इन्डस्ट्री हो जहाँ एक भन्दा बढी विवाह हुनु ठुलो कुरा हैन। अझ त्यहाँका केही सेलिब्रेटीले ३ देखि ४ विवाहसम्म गरेका छन्। यहीँ कारण बलिउड स्टारका एक भन्दा बढी आमा छन्। बलिउडका यी सेलिब्रेटीका पिताले एक भन्दा बढी विवाह गरे, जसकारण तिनको आमा पनि एक भन्दा बढी छ। कसैको ३ आमा छन् त कसैको चार आमा समेत छन्।

यसमा सबैभन्दा अगाडी नाम आउँछ रेखाको, जसको आमाको नाम पुष्पावली हो। पुष्पावली तमिल तथा तेलुगु फिल्मको चर्चित हिरोइन हुन्। पुष्पावलीको जेमिनी गणेशनसँग अफेयर थियो र रेखा पुष्पावली र जेमिनी गणेशनकै सुपुत्री हुन्। त्यस्तै रेखाका पिता जेमिनी गणेशनले पुष्पावलीसँग विवाहबाहेक अरु तीन जनासँग पनि विवाह गरे। यसरी रेखाका ४ आमा हुन् पुगे। आफ्नो ४ आमा भएको खुलासा रेखाले स्वयमले सिमी ग्रेवालको एक टक शोमा गरेकी थिईन्।

बलिउडको दबंग एक्टर सलमान खानको कुरा गर्ने हो भने उनको एउटा हैन २ जना आमा छन्। सलमान खानकी आमाको नाम सुशीला चरक हो भने दोस्रो आमा अर्थात सौतेनी आमा पूर्व अभिनेत्री हेलन हुन्। हेलन अत्यन्तै सुन्दर डान्सरको रुपमा प्रसिद्द थिईन् तर सलीम खानसँग विवाह गरेपछि उनले आफ्नो प्रोफेशन छोडिन्।

बलिउडको चकलेटी ब्वाय र कबीर सिंहको नामले चर्चित अभिनेता शाहिद कपूरका तीन आमा छन्। शाहिद कपूर पंकज कपूर र नीलिमा अजीमका छोरा हुन्। पंकज कपूरले तीन विवाह गरे र नीलिमा अजीमले पनि तीन विवाह गरिन्। जसकारण शाहिद कपूरका ३ आमा र तीन पिता छन्।

बलिउड एक्सन हिरो सन्नी देओल इन्डस्ट्रीको चर्चित अनुहार हो। सनी देओलका दुई आमा छन्। सनी देओल पिता धर्मेन्द्र र प्रकाश कौरका छोरा हुन्। त्यस्तै धर्मेन्द्रले दोस्रो विवाह ड्रिम गर्ल यानी कि हेमा मालिनीसँग गरे।

बलिउड एक्टर तथा फिल्म राइटर फरहान अख्तरको कुरा गर्ने हो भने उनी जावेद अख्तरको पहिलो पत्नीको छोरा हुन्। जावेद अख्तरले शबाना आजमीसँग दोस्रो विवाह गरेका थिए। यसकारण फरहान अख्तरको पनि दुई आमा छन्।

प्रकाशित : आइतबार, भदौ ०६, २०७८१६:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

६ महिनाको भए करिनाको कान्छा छोरा, तस्बिर सेयर गर्दै लेखिन यस्तो स्टाटस!