६ महिनाको भए करिनाको कान्छा छोरा, तस्बिर सेयर गर्दै लेखिन यस्तो स्टाटस!

करीना कपूर र सैफ अली खानको कान्छा छोरा जेह अहिले ६ महिनाका भएका छन् । यो बिशेष अवसरमा अभिनेत्रीले एक सुन्दर तस्बिर सार्वजनिक गरेकी छिन् ।

बलिउड अभिनेत्री करीना कपूर सधैँ उनी कुनै न कुनै कारण चर्चामा हुने गरेकी छिन् । पछिल्ला केहि दिनहरुमा करीना इन्स्टाग्राममा धेरै सक्रिय छिन्। यस अस्वस्थमा अभिनेत्री उनको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सेयर गरि रहन्छिन् । जो धरै चर्चामा हुने गर्दछन् ।

करीना कपूर र सैफ अली खानका कान्छा छोरा जहाँगीर उनी जन्मेदेखि नै चर्चामा रहेका छन् । हालै अभिनेत्री करिनाले फ्यानहरुको माजमा एक तस्बिर पोस्ट गरेकी छिन् । जसमा उनको कान्छा छोराको अनुहार देख्न सकिन्छ । अहिले करिनाको छोरा ६ महिनाको भएका छन् ।


यातिबेला करीना कपूर आफ्नो पुरा परिवारको साथमा माल्दिभ्स गएकी छिन्। यस अवसरमा अभिनेत्री माल्दिभ्सको विभिन्न स्थानमा खिचिएका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी छिन् । भर्खरै अभिनेत्रीले उनको कान्छो छोराको साथमा एक तस्बिर पोस्ट गरेकी छिन् । तस्बिरमा अभिनेत्रीले उनको छोरालाई काखामा लिएकी छिन् । तस्बिर पोस्ट गर्दै अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन् । ‘तपाईलाई सधै माया, खुशी र साहस मिलोस ह्यापी ६ महिना मेरो जिन्दगि’ करीनाको यो पोस्टलाई धेरैले मन पराई रहेका छन् ।

प्रकाशित : आइतबार, भदौ ०६, २०७८१७:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाह किन नगरेको भन्दा लाहुरेको जवाफ, दुध खान पाएको छ त गाई किन पाल्नु!