एजेन्सी : बलिउड अभिनेता अभिषेक बच्चन र ऐश्वर्या राय बच्चन इन्डस्ट्रीको चर्चित जोडी हुन्। इन्डस्ट्रीमा यी दुईको अहिलेसम्म झगडाको खबर पनि बाहिरिएको छैन। तर एक पटक दुवैबीच कुनै कुरामा यति विवाद भयो कि अभिषेक बच्चनले दुई रात रुम बाहिर बसे। अभिषेकले एक अन्तर्वार्तामा यस कुराको खुलासा गरेका थिए कि एकपटक उनी आफ्नो श्रीमती ऐश्वर्या रायको रिसको शिकार भएका थिए र त्यसकारण उनले रुमबाहिर रात बिताउनु परेको थियो।
यो कुरा २०१४ सालको हो जब अभिषेक बच्चनले प्रो-कबड्डी लीगमा जित हासिल गरेका थिए। त्यसैबेला अभिषेक टीमको ट्रेनिंगको सिलसिलामा चेन्नईमा त्यभामा यूनिभर्सिटीमा गएका थिए। यसैक्रममा अभिषेकको भेट यूनिभर्सिटीको फाउन्डर कर्नल जेपिआरसँग भएको थियो। अभिषेकले जेपिआर अफिसमा थुप्रै ट्रफी भुईमा राखेको देखेका थिए र उनले जेपिआरसँग सोधेका थिए कि कुन उनले आफ्नो ट्रफी किन जमिनमा राखेका हुन्।
कर्नल जेपिआरले अभिषेकलाई मुस्कुराउदै जवाफ दिए कि उनी आफ्नो ट्रफीलाई जमिनमा यसकारण राख्छन् कि पुरस्कारलाई कहिले पनि आफ्नो सिरमा चढ्न दिन हुदैन। अभिषेक जेपिआर यस कुराबाट यति प्रभावित भए र उनले घर गएर ऐश्वर्या र आफ्नो ट्रफी जमिनमा राखिदिए। तर ऐश्वर्याले यो देखेपछि निकै रिसाईन्।
अभिषेकले ऐश्वर्यालाई यस्तो गर्नुको कारण पनि बताए तर ऐश्वर्या झनै रिसाईन्। ऐश्वर्याको रिसको कारण अभिषेकलाई २ रात कोठाबाट बाहिर बिताउनु परेको थियो। अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनले ‘कहो न कहो’, ‘रावन’, ‘धूम 2’, ‘गुरु’, ‘ढाई अक्षर प्रेम के’,’उमराव जान’ ,’सरकार राज’ र ‘बन्टी बबली’ जस्ता फिल्ममा एकसाथ काम गरिरहेका छन्।