बिग बोस ओटीटी पछि बिग बोस सिजन १५ चाँडै नै टेलिभिजनबाट प्रसारण हुने भएको छ ।
अब चाँडै नै चर्चित रियालिटी शो बिग बोस सिजन १५ टेलिभिजनबाट प्रसारण हुने भएको छ । यस बिचमा बलिउडको एक चर्चित बहिनेत्री रेखा पनि यस शोमा सामेल भएकी छिन् । भारतीय मिडियाको अनुसार रेखा बिग बोसको प्रमोमा आफ्नो आवाज दिदै छिन् । रेखाले भनिन् कि ‘बिग बोस एक धेरै अद्वितीय शो हो । जसमा सबै नाटक, एक्शन, रमाईलो र साहसिक छ। यस बाहेक यस शोमा आफनो जीवनको कठिन परिस्थितिको अनुभव गर्न मल्नेछ ।’
रेखाले टिभीमा बलिउड सुपरस्टार सलमान खानले आयोजना गरेको कार्यक्रमको प्रोमोमा एउटा रुखको लागि विशेष आवाज दिने छिन्। रेखाले थप भनिन् ‘शोमा आगामी दिनहरुमा रमाइलो अनुभव हुनेछ । किनकि शोमा एक बोल्ने रुखको लागि आवाज दिनेछु । जसलाई सलमानले मायाले विश्वसुत्री नाम दिएक छन् । जुन रुख विश्वास, ज्ञान र आशाले भरिएको जीवित रूख हो। सलमान सँग काम गर्न सधैँ मलाई खुशी लाग्छ र उनको को साथमा रमाइलो पलहरुको खुशी सेयर गर्दा म आफुलाई धन्य महसुस गर्छु ।’
बिग बोसको नायाँ सिजन सीजन जंगलमा ट्विस्ट र समस्याहरुबाट भरीरहेको छ किनकि प्रतियोगीहरु घर भित्र आउनु भन्दा पहिले धेरै चुनौतीहरुको सामना गर्नु हुन्छ । शोको प्रोमोमा सलमान जंगलमा घुम्दै गरेको देख्न सकिन्छ । तेस समयमा अचनाक एक रुखबाट आवाज आउछ र सलमान तेस रुख सँग कुरा गर्दै गरेको देख्न सकिन्छ ।