अक्षय कुमारलाई लाग्यो ठुलो झड्का: रिलिज भएकै दिन एचडी प्रिन्टमा लिक भयो फिल्म ‘बेलबटम’!

एजेन्सी- भर्खरै प्राप्त खबर अनुसारा अक्षकुमारको बेलबटम फिल्म रिलीज हुने बित्तिकै पायरेटेड वेबसाइटहरुमा लीक भएको छ। फिल्म आजको दिनमै बक्स अफिसमा रिलीज भएको छ। फिल्म रिलिज भएको केहि समयना नै एचडी प्रिन्टमा तमिल रकर्स, टेलिग्राम र अन्य पायरेटेड वेबसाइटहरुमा एचडी प्रिन्टमा डाउनलोड गर्न मिल्ने गरेर सार्वजनिक भएको छ।

जासुसीमा आधारित यो फिल्मलाई दर्शकले धेरै मन पराएका छन्। फिल्म समीक्षकहरु पनि यो फिल्म धेरै सराहना गरेका छन्। बेलबटम रिलीज पछि पायरेटेड वेबसाइटहरुमा लीक भएको छ। जसको सीधा असर फिल्मको कमाईमा पर्नेछ। यसको कारण फिल्म निर्माता लाई धेरै घाटा बेहोर्न पर्ने हुनसक्छ ।

यस फिल्ममा अक्षय कुमारको भूमिका एक निष्ठ कर्तव्यवानको व्यक्तिको भूमिका निभाएका छन् । फिल्ममा अक्षयको आमाको भूमिकामा डली अहलुवालियाले निभाएकी छिन्। जसको मृत्यु पाकिस्तानीहरु द्वारा एक भारतीय उडानको अपहरण समयमा हुन्छ। फिल्ममा अक्षयको आमा बिरामी हुन्छिन् र अपहरणकारीले जीवन बचाउने अक्सिजन नदिएपछि उनले आफ्नो ज्यान गुमाएकी हुन्छिन्।

वाणी कपूर फिल्ममा अक्षय कुमारकी श्रीमतीको भूमिकामा छिन्। उनको चरित्रमा एक अद्भुत मोड छ। जुन धेरै पछि कथामा देखिन्छ। लारा दत्ताले श्रीमती इन्दिरा गान्धी र हुमा कुरैशी दुबई सरकारका लागि काम गर्ने विशेष एजेन्टको भूमिकामा छन्।

फिल्ममा अक्षयको भूमिका एक सामान्य व्यक्तिको रहेको छ । तर जब अक्षय डियुटीमा हुन्छन् तब सबै काम छोडेर आफ्नो काम ध्यान दिन्छन् । फिल्मको कथा वस्तु निकै आकर्षक रहेको छ । फिल्ममा हरेक पात्रको आगमन विशेष रहेको छ । फिल्मको दोश्रो हाफा पछी झनै कथावस्तु यति मनमोहक छ कि तपाईले फिल्म सकिएको थाहापाउनु हुने छैन।

प्रकाशित : बिहिबार, भदौ ०३, २०७८१६:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काजल अग्रवाल स्विमिंग पुलमा पत्याउनै नसिकिने गरि, देखिइन् यस्तो रुपमा!