कपिल शर्मा शो यस दिनबाट आउने भयो प्रसारणमा, हेर्नुहोस् को हुनेछ पहिलो अतिथि!

‘द कपिल शर्मा शो’ फेरी दर्शकहरुलाई मनोरंजन दिनको लागि तयार भएको छ। यातिबेला शोका फ्यान मात्र नभई यस शोका कलाकारहरु पनि यस शोको आगमनमा एकदमै खुशी भएका छन् । अब शोमा उपस्थित हुने गेस्टहरुको नाम पनि सार्वजनिक भएको छ ।

भारतीय टेलिभिजन क्षेत्रको लोकप्रिय कमेडी शो ‘द कपिल शर्मा शो’ पुन: प्रसारणमा आउने भएको छ । यति बेला शो प्रसारणमा आउने भएपछी दर्शक निकै उत्साहित भएका छन् । यसको साथ-साथै शोको पहिलो भागमा उपस्थिति हुने गेस्टको नाम पनि सार्वजनिक भएको छ। यस हप्ताबाट नै शो प्रसारणमा आउने भएको छ।

यस सिजनको पहिलो गेस्ट हुनेछन् अक्षय कुमार
द कपिल शर्मा शो’ अगस्ट २१ तारिकमा पुन: प्रसारणमा आउने भएको छ । फिल्म ‘भुज: द प्राइड अफ इन्डिया’ र ‘बेल बटम’ का कलाकार उपस्थित हुनेछन् । पुन:  प्रसारणमा आउन लागेको यस शोमा फिल्म बेल बटम’ को तर्फबाट अक्षय कुमार, वाणी कपूर, हुमा कुरैशी र निर्माता ज्याकी भगनानी विशेष अतिथिको रूपमा देखिनेछन्।

यस पटक शोमा कपिल शर्मा को अलावा अर्चना पूरन सिंह, कृष्ण अभिषेक, भारती सिंह, चंदन प्रभाकर, किकु शारदा र सुमोना चक्रवर्ती शोमा एक पटक फेरी रमाईलो गर्न आउदै छन् । हास्य कलाकार सुदेश लाहिरी र गौरव गेरा पनि यस पटक कास्टमा सामेल भएका छन् र उनीहरु अनौठो भिमिकामा देखिने छन् ।

प्रकाशित : बुधबार, भदौ ०२, २०७८१६:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘उरी’ अभिनेता विक्की कौशल र कट्रिना कैफले गरे इन्गेजमेन्ट? आयो यस्तो खबर!