‘उरी’ अभिनेता विक्की कौशल र कट्रिना कैफले गरे इन्गेजमेन्ट? आयो यस्तो खबर!

‘उरी’ अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको इन्गेजमेन्टको खबर सार्वजनिक भएको छ ।

लामो समयदेखि ‘उरी’ अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको प्रेम चर्चा भैरहेको पाउन सकिन्छ । धरै पटक दुबैलाई विभिन्न स्थानमा एक साथाम देखिएको थियो । यति मात्र नभई नयाँ बर्षको दिन दुबै एक साथमा बिदा मनाउन गएका थिए ।

कट्रिनाले उनको आधिकारिक सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्बिर पोस्ट गरेकी थिइन् जसमा विक्की कौशल पनि साथमा थिए । कट्रिनाको यस पोस्टपछि  फ्यानहरु उनलाई विक्कीको उपस्थितिमाथि प्रश्न उठाउन थालेपछि अभिनात्रीले उक्त तस्बिर हटाएकी थिइन् ।

कट्रिना र विक्की कौशलको बारेमा विभिन्न हल्ला भएपछि अहिले फेरि  एक पटक नयाँ खबर आएको छ। खबर अनुसार कट्रिना र विक्की कौशलले इन्गेजमेन्ट गरेको खबर प्राप्त भएको छ । अहिले यो खबर सामाजिक सञ्जालमा तीव्र  रुपमा फैलिरहेको छ ।


अहिले सम्म यी दुइ मध्य कसैले पनि आधिकारिक रुपमा जानकारी दिएका छैनन् । तर यो खबर कत्तिको साचो हो भन्ने कुरा भने अब आउने समयले बताउने छ । यसै बिचमा केहि समय पहिले अनिल कपूरका छोरा हर्षवर्धन कपूरले कट्रिना र विक्की कौशलको प्रेम सम्बन्धको बारेमा एक बयान दिएका थिए ।

प्रकाशित : बुधबार, भदौ ०२, २०७८१७:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रियंका हस्पिटल जाने तयारी गरेको भिडियो भाइरल हुदै, हेर्नुहोस् भिडियो सहित!