कंगनाले ब्रालेट लगाउँदा भड्किए फ्यान्स, सनातन धर्मको ज्ञान दिनेलाई दिईन् कडा जवाफ

एजेन्सी : कंगना रनौत बलिउडमा आफ्नो फिल्म सँग-सँगै बयानबाजीको कारण पनि चर्चित छिन्। उनी हरेक मुद्दामा खुलेर आफ्नो राय राख्छिन्। कुनै बेला आफैँले बोलेका कुराहरुका कारण कंगना फसादमा पर्छिन् तर पनि उनी कहिल्यै हार मान्दिनन्। उनी हरेक समस्याको डटेर सामना गर्छिन्। हालै कंगनाका ब्रालेट लगाएका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए, जसको कारण उनको नराम्ररी ट्रोल भएको थियो। तर कंगनाले चुप रहनुको सट्टा ती ट्रोलर्सलाई मुखभरी जवाफ फर्काइन्।

ट्रोलर्सलाई जवाफ दिँदै कंगनाले इन्स्टा स्टोरीमा एक पेन्टिङ शेयर गरिन्, जुन प्राचीन भारतीय पहिरनमा एक महिलाको पेन्टिङ हो। यस पेन्टिङ शेयर गर्दै कंगनाले लेखेकी छिन् – ‘जो मानिसहरु मलाई सनातन धर्मबारे ज्ञान दिईरहेका छन्, कृपया यो थाहा पाइराख्नुस् तपाई अब्राहामिक(Abrahamic) जस्तो लागिरहेको छ।’

कंगनाले हालै बुडापेस्टमा आफ्नो फिल्म ‘धाकड’ को शूटिङ सकाईन्। शूटिङ सकिएसँगै उनले पूरा टिमसँग एक पार्टी आयोजना गरिन्। पार्टीमा कंगनाले पारदर्शी ब्रालेट र व्हाइट पेन्ट लगाएकी थिईन्। जुन देखेर मानिसहरुले उनको ट्रोल गर्न थाले।

प्रकाशित : शनिबार, साउन ३०, २०७८१६:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के जानवीले विवाह गर्न लागेकी हुन् त? सार्वजनिक गरिन् यस्ता तस्बिर!