पछिल्लो समयमा बलिउड अभिनेत्री विभिन्न समस्याले घेरिएकी छिन् । केहि समय पहिले शिल्पीको श्रीमान राजा कुन्द्रालाई अ-श्लिल भिडियो बनाएको आरोपमा मुम्बई क्राइम ब्रान्चले पक्राउ गरेको छ । तेस्तै अहिले अभिनेत्री शिल्पालाई ठगीको आरोप लागेको छ ।
यतिबेला बलिउड अभिनेत्री शिल्पा र उनको आमा सुनन्दालाई करोडौ ठगि गरेको आरोप लागेको छ । हालै आईओसिस वेलनेस सेन्टरको फ्रेन्चाइजको नाममा ठगी गरेको भन्दै लखनउ प्रहरीले शिल्पा र उनकी आमामाथि कारवाही प्रक्रिया अघि बढाएको छ । लखनऊ पुलिस शिल्पाको घरमै पुगेर सोधपुछ गरेको छ ।
शिल्पा र सुनन्दामाथि वेलनेस सेन्टरको ब्रान्च खोल्ने नाममा दुईजना व्यक्तिसँग करौडौ ठगी गरेको आरोप लागेको छ । शिल्पा र उनकी आमाको नाममा दुईवटा एफआईआर दर्ता भएको छ । भारतीय मिडियाको रिपोर्ट अनुसार अहिले सम्म कुनै पनि ब्रान्च नखुलेको कारण शिल्पा र उनको आमाको नाममा मुद्धा दर्ता भएको छ ।
पछिल्लो समयमा भारतीय मिडिया रिपोर्टको अनुसार अहिले मुद्धा परिरहेको कम्पनिबाट शिल्पा र उनकी आमा केहि समय पहिले नै अलग भैसकेको भनिएको छ । शिल्पा र उनको आमाको भनिएको कम्पनीको अध्यक्ष किरण बाबाले एक बिज्ञप्ति जारि गर्दै भनेका छन् । अहिलेको समयमा शिल्पा र उनको मामको कम्पनिमा कुनै पनि संलग्नता नरहेको बताएको छिन् ।
शिल्पाको नाम जोडिएर कम्पनीको बदनाम गर्ने खोजेको भन्दै आईओसिस वेलनेस सेन्टरको अध्यक्ष किरण बाबाले आपत्ति जनाएकी छिन ।