एजेन्सी : इटालियन सुपर मोडल बनेकी बी-टाउन अभिनेत्री जर्जिया एन्ड्रियानी सधै तस्बिर तथा भिडियोको कारण चर्चामा आउने गरेकी छिन् । उनी पछिल्लो समयमा बलिउड अभिनेता अरबाज खानसँगको सम्बन्धलाई लिएर निकै चर्चामा छिन् । प्राय: उनलाई अरबाज खानसँग विभिन्न स्थानमा भ्रमण गरेको देख्न सकिन्छ। हालै अभिनेत्रीले उनको इन्स्टाग्राममा केहि तस्बिर पोस्ट गरेको छिन्। जसलाई देखेर उनका फ्यानहरु अचम्ममा परेका छन् । अहिले उनका फ्यानहरु उनको तस्बिरको खुलेर प्रशंसा गरिरहेका छन् ।
३० वर्षीय जर्जिया एन्ड्रियानीले पहिलो पटक बिकिनी अवतारको तस्बिर पोस्ट गरेको पहिलो पटक भने हैन । त्यसैकारण सामाजिक सञ्जालमा उनको फ्यानहरु उनीप्रति मोहित भएका छन् ।
यस पोसाकमा अभिनेत्रीले पहिले पनि धरै तस्बिर पोस्ट गरेकी छिन् । तस्बिरमा अभिनेत्री सुनौलो कलरको कपडामा देखिएकी छिन् । अहिले फ्यानहरु अभिनेत्री तस्बिर हेरेर उनको तुलना ४८ वर्षीय बलिउड अभिनेत्री मलाइका आरोडासंग गरिहेका छन् ।
जब अरबाज खान र मलाइकाको सम्बन्ध बिच्छेद भएको थियो त्यस समय देखि अरबाज जर्जिया एन्ड्रियानीसँग सम्बन्धमा छन्। तर यी जोडीले कहिले विवाह गर्छन् भन्ने बिषयमा अहिले सम्म खुलेर बताएका छैनन् ।
जर्जियाले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिर हेरेर फ्यानहरु मलाइका उनको तुलनामा सामान्य रहेको बताई रहेका छन् ।
तस्बिर श्रोत: जर्जिया एन्ड्रियानी इन्स्टाग्राम