मानिसहरु कोरोना भाइरसलाई नराम्रो भनिरहेका छन् । किनकि जुन फिल्मको लागि उत्सुकताको साथमा पर्खाइमा थिए, अहिले त्यो फिल्मको मिति लगातार पछि सर्दै गएको छ । अहिलेको समयमा जुन फिल्म निर्माताहरुको धैर्य भंग भएको छ, उनीहरुको फिल्म ओटीटीमा रिलिज भएको छन्। तर अर्को तर्फ यी दुइ फिल्मका निर्माता ‘शुर्यवंशी’ र ‘केजिएफ च्याप्टर २’ जस्ता चलचित्र निर्माता अहिले अडिक भएर हलमा रिलिज गर्ने तयारीमा रहेका छन् ।
केजिएफ च्याप्टर २ को रिलिज मिति धरै पटक तोकिसकेको छ । अहिले चर्चा बढेको छ, फिल्मलाई ओटीटीमा रिलिज गर्न सकिन्छ । यस सन्दर्भमा फिल्मसँग सम्बन्धित स्रोतहरु भन्छन् यो कुरा बिल्कुल सही छैन। यस फिल्म निर्माता टिम र फिल्म अभिनेता सहमतमा छैनन् । किनकि उनीहरुलाई थाहाछ यस फिल्मको लागि दर्शको कतिधरै क्रेज छ। तेसैले यस फिल्मको निर्माण टिम हल खुल्ने प्रतिक्षामा छ ।
ओटीटी मार्फत फिल्म रिलिज गर्न अर्बौको प्रस्ताव आउदा पनि फिल्म निर्माण टिम मौन छ । आज सम्म कुनै फिल्मलाई यति ठूलो अफर आएको छैन। भारतीय मिडीया रिपोर्टको अनुसार अब फिल्म हेर्नको लागि कति समय पर्खनु पर्नेछ यो भन्न सकिन्न।