भुलेर पनि शिव लिङ्गलाई स्पर्श नगर्नु होला, अन्यथा आउन सक्छ सङ्कट, जान्नुहोस्!

केटीहरु र महिलाहरुले शिवलिंगलाई कहिल्यै छुनु हुँदैन। तर टाढा बाट यसको पूजा गर्नुपर्छ। केटीहरु तथा महिलाहरुले शिव लिङ्गमा स्पर्श गरेर पुजा गरेमा भगवान शिव र माता पार्वती रिसाउने मान्यता रहेको छ ।

अहिले साउन महिना चलिरहेको छ । आज साउनको चौथो सोमबार हो । यस साउनको व्रत बस्दा सधैँ  सौभाग्य रहने,असल श्रीमान प्राप्त हुने मान्यता रहेको छ । यस साउन महिनामा रुद्राभिषेक गरेर शिव पार्वतीको व्रत बस्ने शिव पार्वतीको पुजा आराधना गर्नाले सुख-सम्वृद्धि,जीवनमा आउने विभिन्न समस्यासँग लड्न सक्ने क्षमता  प्राप्त गर्न सक्ने र दुख नाश हुने मान्यता रहेको छ । आज हामी यस्तो गल्तिको बारेमा जानकारी गराउने छौँ , जुन प्राय: हामीबाट हुने गर्दछ।

गल्तीले पनि पुजाको समयमा शिव लिङ्गलाइ नछुनुहोस्

शिव पुजा को धेरै विधिहरु धर्म पुराणहरुमा वर्णन गरिएको छ। भगवान भोलेनाथको मूर्ति र शिवलिंग दुवैको पूजा गरिन्छ। रुद्राभिषेक शिवलिंगको हुने गर्दछ। यस अभिषेकको समयमा सधैँ ध्यान राख्नुहोस् कि अविवाहित केटीहरुको लागि शिवलिंगको स्पर्श गर्न अनुचित मानिन्छ। त्यस्तै विवाहित महिलाहरुले पनि शिवलिंगलाई छुनु हुँदैन।

यस कारण शिवलिंग लाई नछुनुहोस्
धार्मिक ग्रन्थहरुमा अविवाहित केटीहरुले शिवलिंगलाई छुन नहुने कारण पछाडि विभिन्न कारण  दिईएको छ। शिव लिङ्गलाई एक दिव्या उर्जाको प्रतिक मानिन्छ । यदि विवाहित मान्छेहरु यसको पुजा गर्छन भने उनीहरुको जीवनमा खुशी आउछ । सन्तान सुख मिल्नेछ । यस्तै कुमारी केटीहरुको लागि बच्चाहरुको बारेमा सोच्नु सीमा बाहिर मानिन्छ। यस्तो अवस्थामा उनीहरुले शिवलिंगलाई छुनुहुँदैन।

यस बाहेक देवी पार्वती क्रोधित हुन्छन् जब महिलाहरु शिवलिंग छुन्छन्। साथै शिव लिङ्गमा छुदा शिवको निन्द्रा भंग हुने मान्यता रहेको छ । त्यसैले  शिव लिंगको पुजाको समयमा टाढैबाट पुजा गर्नु राम्रो मानिन्छ ।

प्रकाशित : सोमबार, साउन २५, २०७८११:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘फ्लर्ट’ गर्न खप्पिस हुन्छन यी ४ राशिका केटाहरु, मिठा-मिठा कुरा गरेर जित्छन् मन