ज्योतिष शास्त्र अनुसार १२ वटा राशि रहेका छन् । हरेक राशिको स्वामी ९ ग्रह मध्ये एक हो । हरेक राशिको स्वामी ग्रहको आफ्नो राशिप्रति विशेष कृपा हुने गर्दछ । त्यसैले स्वामी ग्रहको प्रभाव राशिको सम्बन्धित व्यक्तिमा पर्दछ । ज्योतिषमा यो विश्वास छ कि चार राशिका केटाहरु ‘फ्लर्ट’ गर्न माहिर हुन्छन् । यदि तपाई पनि यी राशि मध्येका व्यक्तिसँग प्रेम गर्नुहुन्छ भने एक पटक राम्रोसँग बुझेर मात्र विश्वास गर्नुहोस् । जान्नुहोस् यी राशिको बारेमा
मेष राशि
ज्योतिष शास्त्र अनुसार मेष राशिका पुरुषहरु ‘फ्लर्ट’ गर्न धरै अब्बल हुने गर्दछन् । यस राशि भएका केटाहरु केटीलाई आकर्षित गर्नको लागि कुनै न कुनै उपाय लगाउन पछि पर्दैनन् । भनिन्छ यस राशि भएका केटा प्रेममा कहिले ग-म्भीर हुने गर्दैनन् । यिनीहरु मात्र ‘फ्लर्ट’ गर्दछन् । त्यसैले मेष राशि भएको केटासँग प्रेम गर्नु भन्दा पहिले राम्रोसंग विचार पुर्याउनु पर्दछ।
मिथुन राशि
यस राशिको केटाहरुको व्यक्तित्व धेरै आकर्षक हुने गर्दछ । यस राशिका केटाहरु उनीहरुको व्यक्त्तित्वले नै केटिहरुलाई आकर्षित गर्दछन । यस राशिका केटाहरु मायामा एकदमै ईमान्दार हुनेगर्दछन् र धरै माया गर्ने हुन्छन् । मायामा जस्तो सुकै स्थितिको सामना गर्ने हिम्मतका हुन्छन् । मिथुन राशिका केटाहरुमा ईमान्दार हुने गर्दछन् ।
सिंह राशि
यस राशि भएका केटाहरु सजिलै मानिसहरुलाई प्रभाव पर्न सक्ने प्रतिभाका हुन्छन् । यस मानिसहरुलाई बोलीको प्रभावले निकै आकर्षण गर्ने हुन्छ । यदि यिनीहरुको मित्रता कुनै सुन्दर केटिसँग भयो भने उनीहरुलाई सजिलै आफ्नो जालमा पार्पन सफल हुन्छन् । यिनीहरु कुनैपनि बिषयमा ग-म्भीर हुदैनन् । जब यिनीहरु ग-म्भीर हुन्छन् तब उनीहरु पूर्ण ईमान्दारीपुर्वक सम्बन्ध निभाउँछन् ।
कन्या राशि
यो भनिएको छ कि प्रेमको मामिलामा कन्या राशिको मान्छेलाई बुझ्नको लागि निकै मुस्किल हुने गर्दछ । यस राशिका केटा केटिहरुलाई जब ‘फ्लर्ट’ गर्छन तब केटिहरु उनीहरुको लागि ग-म्भीर हुन्छन् । यदि तपाईको पार्टनर कन्या राशिको हुनुहुन्छ भने तपाई भाग्यशाली हुनुहुन्छ । यस राशि भएका केटाहरुलाई आँखा चिम्लेर विश्वास गर्न सकिन्छ ।