आलिया र रणबीरको विवाहको मिति भयो सार्वजनिक, ​​यी अभिनेत्रीले खुलाइन्!

आलिया भट्ट र रणबीर कपूर लामो समयदेखि डेट गरिरहेका छन्। केहि मिडिया रिपोर्टको अनुसार दुवैचाँडै विवाह गर्दैछन्। यति मात्र नभई धेरै पटक सामाजिक सञ्जालमा उनीहरुको विवाहको खबरले पनि हेडलाइन बनाएको छ। हालै आलिया र रणबीरले आफ्नो नयाँ घरमा किनेका छन् जसमा केहि समय देखि उनीहरु सँगै बसिरहेका छन् ।

केहि भारतीय मिडियाको रिपोर्ट अनुसार यी जोडी छिट्टै विवाहको योजना बनाएर विवाह गर्दैछन् । वास्तवमा यी जोडी विवाह बन्धनमा बाधिएपछि  पछिल्लो समयमा किनेको नयाँ घरमा सर्नेछन् । अहिले यी जोडी आफ्नो विवाहको तयारीमा लागि सकेको हल्ला फैलिएको छ ।

केही समय पहिले रणबीरले विवाहको खबरमा आफ्नो मौन तोड्दै भनेका थिए, अहिलेको कोरोना भाइरसको कारण विवाहको लागि ढिला भईरहेको छ । एकै समयमा आलियाले रणबीरको कारण छिट्टै विवाह गर्ने लागेको कुरा स्वीकार गरेकी छिन्।

आलियाको हुनेवाला सासु र नन्दसंगको सम्बन्ध राम्रो रहेको छ । यति मात्र नभई आलिया रणबीरको परिवारमा भएको हरेक कार्यक्रममा सहभागी भएको पाउन सकिन्छ ।

प्रकाशित : आइतबार, साउन २४, २०७८१७:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेहा भसीनले गायक अनु मलिकलाई लगाइन् ग-म्भीर आरोप, भनिन् यस्तो!