नेहा भसीनले गायक अनु मलिकलाई लगाइन् ग-म्भीर आरोप, भनिन् यस्तो!

बिग बोस ओटीटीका प्रतियोगीहरुको शोमा प्रवेश भईसकेका छन् । जसमा नेहा भसीन पनि सामेल छन्। नेहा चर्चित-  प्रसिद्ध गायिका हुन् । तर उनको चर्चित गायक अनु मलिकसँग  निकै पुरानो विवाद रहेको  छ । नेहाले गायक अनु मलिकलाई ग-म्भीर आरोप लगाएकी थिइन्  । आरोप लगाउदै नेहाले अनु मलिकलाई बदमास भनेकी छिन् ।

बिग बोसको नयाँ सिजन सुरु भएको छ। यस पटक भने पहिलो  सिजन भन्दा धरै फरक देख्न पाउने आयोजक टिमले बताएको छ । शो को होस्ट परिवर्तन भएका छन् भने शो प्रसारणमा पनि परिवर्तन आएको छ । नेहा भसीन एक चर्चित पन्जाबी गायिका हुन् । तर उनको विवादसँग भने पुरानो सम्बन्ध छ।

नेहा भसीन मधुर स्वरले सबैलाई आकर्षित गर्दछ । यी गायिका सबैमाझ प्रख्यात हुँदाहुँदै पनि उनले केहि बर्ष पहिले चर्चित गायक अनुमलिकलाई  ग-म्भीर आरोप लगाएकी थिइन् । त्यस  समयमा अनु मलिकले उनलाई यौ-न दुर्व्यवहार गरेको बताएकी थिइन् ।


तय समयमा नेहाले अनुमलिकलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउदै सामाजिक सञ्जालमा एक पोस्ट गरेकी थिइन् । ‘हामी लिं-गको आधारमा भेदभाव गर्ने संसारमा बस्ने गर्छौँ । अनु मलिक नराम्रा मान्छे हुन जसको कारण म भाग्न परेको थियो। जब म २१ बर्षकी थिए । त्यस समयमा म एक स्टुडियोमा थिए । उनीबाट बच्नको लागि मैले मेरी आमा बिरामी हुनुहुन्छ, मलाई कुरेर बस्नु भएको छ भनेर म  त्यहाँबाट  भागेकी थिएँ ।’

तस्बिर श्रोत: नेहा भसीन इन्स्टाग्राम

प्रकाशित : सोमबार, साउन २५, २०७८१२:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पत्याउनुहुन्छ ? २ लाख ७१ हजारको कुर्ता लगाएर फिल्मको प्रमोशनमा पुगिन् वाणी कपूर !