यस अभिनेताले च्याप्प समातेर ५ मिनेटसम्म किस गरेपछि बेहोस भएकी थिईन् रेखा…

एजेन्सी : ९० को दशकको लोकप्रिय अभिनेत्री रेखाले अहिले आफ्नो उमेरको ६२ वर्ष पार गरिसकिन्। तर उनको सुन्दरताले अहिले पनि हालका अभिनेत्रीलाई मात दिन्छ। रेखाले फिल्ममा आफ्नो दमदार भूमिकाले मानिसहरुका दिलमा एक अमिट छाप छोडेकी छिन्। उनका हरेक फिल्म सुपरहिट भएका छन्। फिल्म इन्डस्ट्रीमा रेखाले लामो समयसम्म काम गरिन्। उनको फिल्मी यात्रामा धेरै उतारचढावहरु आए।

रेखाले बलिउड इन्डस्ट्रीमा सानो उमेरदेखि नै काम गर्न सुरु गरेकी थिईन्। १५ वर्षको उमेरदेखि नै उनले फिल्म ‘अन्जान सफर’ बाट आफ्नो करियर सुरुवात गरेकी थिईन्। यो पहिलो फिल्म भए पनि उनको लागि यो अत्यन्तै यादगार फिल्म साबित भयो। यो फिल्म शूटिङको क्रममा यस्तो घटना घटेको थियो जसले गर्दा उनी भित्रैदेखि टुटेकी थिईन्। यस कुराको खुलासा उनले आफ्नो बायोग्राफी ‘रेखा : द अनटोल्ड स्टोरी’ मा गरेकी थिईन्।

यासेर उस्मानद्वारा लिखित किताबमा रेखाले उल्लेख गरेअनुसार सन् १९६९ मा बनेको फिल्म ‘अञ्जान सफर’ को शूटिङ मुम्बईको महबूब स्टूडियोमा चलिरहेको थियो। यो फिल्ममा लिड रोलमा विश्वजित थिए, जोसँग एक किसिङ सिन खिच्नुपर्ने थियो। निर्देशकले एक्सन भनेसँगै विश्वजीतले रेखालाई च्याप्प समातेर किस गर्न थाले। विश्वजीतको यस्तो हर्कत देखेर रेखा हच्किइन् किनकी यस सिनबारे उनलाई पहिल्यै जानकारी दिईएको थिएन्। निर्देशकले कट भनेपछि पनि विश्वजीतले रेखालाई किस गर्न छाडेनन्। लगातार ५ मिनेटसम्म किसिङ सिन चलिरह्यो र एक्कासि रेखा बेहोश भईन्।

रेखा यस सिनपछि धेरै रोएको स्वयमले खुलाइन्। अभिनेता विश्वजितले उनलाई सफाई दिँदै यो सबै निर्देशकको योजना भएको बताए। रेखाले आफूले त्यतिबेला एकदमै ठगिएको महसुस गरेको बताईन्। यो घटनाको कारण उनी धेरै डराएकी थिईन्।

प्रकाशित : बिहिबार, साउन २१, २०७८१२:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सञ्जय दत्तकी छोरी त्रिशाला दत्तको बिकिनी अवतार, सामाजिक सञ्जालमा भाइरल हुदै!