मुम्बई पुलिसको अपराध शाखाले राज कुन्द्रालाई अश्लील फिल्म बनाएको आरोपमा पक्राउ गरेको छ। पछिल्लो समयमा अभिनात्री शिल्पा शेट्टीले उनको श्रीमान राज कुन्द्रा केसको कारण विभिन्न समस्या झेली रहेकी छिन् ।
अहिले बलिउड अभिनेत्री शिल्पा विभिन्न समस्याले घेरिएकी छिन् । पछिल्लो समयमा अभिनेत्री चर्चित रियालिटी शो ‘सुपर डान्सर ४’ मा जजको भूमिकामा देखिएकी थिइन् । केहि समय पहिले शिल्पाको श्रीम राज कुन्द्रालाइ अस्लिल भिडियो बनाएको आधारमा मुम्बई पुलिसले गिरफ्तार गरेको थियो तेस समय देखि शिल्पा कुनै पनि सामाजिक सञ्जालमा देखिएकी छैनन् ।
अहिलेको समयमा सबैले मन पराएको चर्चीत डान्सिंग शो ‘सुपर डान्स सिजन ४ मा जज गर्दै थिइन्। शिल्पा यस शो मा पहिलो सिजनबाट नै जजको रुपमा देखिएको थिइन् । राजको गिरफ्तारी पछि शिल्पा शो मा देखिएकी छैनन् । भारतीय मिडियाको अनुसार शिल्पा शो मा उपस्थित नहुदा उनले आर्थिक नोक्सानी भाग्नु परेको छ । अहिले शिल्पाको स्थानमा विभिन्न कलाकारहरु अतिथिको रुपमा उपस्थित भैरहेका छन् ।
भारतीय मिडियाको अनुसार शिल्पालाइ यस शो मा भाग नलिदा लाखौको घाटा भोग्नु परेको छ । किनकि शिल्पाले यस शो मा भाग लिनको लागि २ करोड लिएकी थिइन्। र सबैभन्दा बढी पैसा लिने जजमा पर्थिन शिल्प, उनले हरेक भागको १८-२२ लाख रुपैया लिने गर्थिन । हालै एक खबर अनुसार जब शिल्पा शो मा आउन छोडिन्, तेस समय देखि उक्त्त शो ले १५ प्रतिशत दर्शक गुमाएको छ । अहिले सामाजिक सञ्जालमा शिल्पाको फ्यानहरु विभिन्न प्रश्न गर्न लागेका छन्। के अब शिल्पाले शो छाडेकी हुन्? धरै दर्शकको गुनासो छ कि किन शिल्पा शो मा आउन अस्विकार गरिरहेकी छिन् ।
तस्विर श्रोता: शिल्पा शेट्टी इन्स्टाग्राम