भगवान शिवले पृथ्वीलाइ बचाउनको लागि समुन्द्र मन्थनबाट निस्केको कालकुट बिष सेवन गर्नु भएको थियो । तेसैले साउन महिनामा भगवान शिवलाई ति चिज अर्पित गरिन्छ, जुन यस समयमा सेवन गर्न विषाक्त हुन्छन्।
प्राचिन काल देखि नै यस्तो मानिदै आएको छ जुन चिज भगवान शिवलाइ अर्पिरा गरिन्छ, तेस चिजलाइ कहिले पनि उपयोग गर्नु हुदैन । धर्म-पुराणको अनुसार यस्तो मानिन्छ कि भगवान शिवलाई यस्तो चिज चढाउनु पर्छ। जसले मानव जीवनमा असर गर्छ जुन साउन महिनामा भगवान शिवलाई मन मनपर्छ । यस्तो मानिन्छ कि भगवान शिवले मानव जीवन बचाउनको लागि बिषको सेवन गर्नु भएको थियो । तेसैले शिवले मनुष्यलाइ नोक्सा हुने चिजको सेवन गर्नु हुन्छ ।
साउन महिनाम भगवान शिवलाइ दुध-दहि, मह जस्ता चिजले स्नान गराइन्छ। चिकित्सा विज्ञान को दृष्टिकोण अनुइसार दुध र दुध जन्य पदार्थ बर्षातको मौषममा सेवन गर्नु हुदैन, यसले स्वास्थ्यमा समस्या आउन सक्छ । मौसहम परिवर्तनको कारण पेट कमोजोर हुन्छ, जसको कारण पाचन प्रणाली कम्जोर हुनेगर्दछ । जसको कारण कफ र बाथको समस्या बढ्न थाल्छ । पहिलेका मानिसहरु साउन महिनामा दुध र दुध जन्य पदार्थ सेवन नगरी भगवान शिवलाइ चढाउथे ।
अर्को पक्षमा ज्योतिष शास्त्र अनुसार शिवलिंगमा दूध चढाउँदा व्यक्तिको इच्छाशक्ति बलियो हुन्छ। मनको स्वामी चन्द्रमा हो, यसको राम्रो र नराम्रो अवस्थाले व्यक्तिको दिमागलाई असर गर्छ। पिउने पानि र दुधमा चन्द्रमाको असर हुनाले, यस्तो अवस्थाम शिवलाइ दुध चढाउनाले चन्द्रमाको नकारात्मक असरबाट राहात मिल्छ । तसर्थ साउन महिनामा शिव लिङ्गमा जल र दुध चढाउनु लाभदायक हुन्छ।