नेपाल आइडल सिजना ३ सकिएको पनि एक बर्ष बितिसकेको छ । धरैको मनमा बिभिन्न प्रश्न उठ्न लागेको छ के अब नेपाल आइडल पुरै रुपमा बन्द भएको हो र?
नेपाल आइडल आयोजक टिमले दिएको जानकारी अनुसार अब चाडै नै प्रसारणमा आउने भएको छ। नेपाल आइडलको आयोजकका अनुसार कोरोना माहामारीको कारण शो सुरु गर्न ढिला भएको हो । अब चाडै प्रसारणमा आउने जनाएको छ ।
नेपाल आइडल आयोजक टिमले भनेको छ ‘यस भन्दा पहिले नेपाल आइडलमा देखिएका जजहरुको ३ बर्सहको सम्झौता थियो तेसैले अहिले सम्म तीनवटा सिजनमा जजहरु फेरिएको थीएनन्। अब भने उहाहरु संगको तिन सिजनको सम्झौता सकिएको छ । अबको सिजन ४ मा तपाइँ हरुले नयाँ जजहरु देख्न पाउनु हुनेछ।
अब शो का जजहरु पनि परिवर्तन हुनेछ तर अहिले सम्म क-कसलाई निर्णायक बनाउने भन्ने निर्णय भएको छैन। आयोजक टिमले यस बर्ष भित्र नै सिजना ४ को सुरुवात गरिने बताएको छ।