हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले बाट २२ जना सांसदको तर्फबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाले प्रतिनिधि सभामा जम्मा प्राप्त गरेको १६५ मतमा नेकपा एमालेका तर्फबाट २२ सांसदले मत दिएका छन् ।
हिजो आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाइ सांसद भवन पुगेर बधाई दिएका छन्। तेस्तै ओली पक्षबाट ८ जना र माधवकुमार नेपालको पक्षबाट १४ सांसदले विश्वास मत दिएका छन्। तेस्तै प्रधानमन्त्रीलाइ विस्वासको मत दिने एमालेका जम्मा २२ सांसदको नाम यसप्रकार छ।
१-माधवकुमार नेपाल
२-रामकुमारी झाँक्री
३-मेटमणि चौधरी
४-जीवनराम श्रेष्ठ
५-कल्याणी खड्का
६-भवानी खापुङ
७-मुकुन्द न्यौपाने
८-पार्वती विशुंखे
९. हिरा केसी
१०-कृष्णकुमार श्रेष्ठ किसान
११-गोपाल बम
१२-प्रेमबहादुर आले
१३-धनबहादुर बुढा
१४-विना बुढाथोकी
१५-सविना हुसेन
१६-पुष्पाकुमारी कर्ण
१७-कृष्णलाल महर्जन
१८-निरादेवी जैरु
१९-विरोध खतिवडा
२०-कलिला खातुन
२१-सरला यादव
२२-लक्ष्मी चौधरी
प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा नेपाल पक्षीय सांसदहरु दुई समूहमा विभाजित भए । एमाले विवाद मिलाउन गत जेठमा गठित कार्यदलका संयोजक भीम रावलले सांसद पदबाटै राजीनामै दिएका छन् । माधव नेपाल बाट बिगठन् भएका गोकर्ण विष्टसहित १० जना सांसदहरु प्रधानमन्त्रीले विश्वासको मत लिने समयमा सांसद भवन बाट बाहिरिएका छन्। यज्ञराज सुनुवार, झपट रावल, राजबहादुर बुढा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, योगेश भट्टराई, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, दीपक प्रकाश भट्ट लगायतका नेताहरू संसद भवनबाट बाहिरिएका थिए ।
एमाले भित्र किचलो भएको भन्दै एमालेका कार्यदल संयोजक सांसद भिम रावलले राजिनामा दिएका छन् । भने प्रधानमन्त्रीलाइ विस्वासको मत दिने क्रममा नेपाल पक्ष नै दुइ समूहमा विभाजन भएको थियो।