नियम बिपरित प्रचण्डको सुरक्षाको लागि भन्दै एक दर्जन प्रहरी थप!

सरकारको मापदण्डविपरित पुर्वप्रधानमन्त्री पुष्पकलम दाहालको सुरक्षाको लागी भन्दै थप सुरक्षाकर्मी थपिएको छ । शेरबहादुर देवाको सरकार बनेलगतै गृह मन्त्रालयका डीएस्पिको कमान्डमा एक दर्जन प्रहरी थप गरेको छ ।

यस अघिको सरकारले बिभिन्न पदमा रहेका व्यक्तिहरुको सुरक्षामा खटिएका ५५ सुरक्षाकर्मीहरु फिर्ता गरेको थियो । प्रचण्डको सुरक्षामा नेपाल प्रहरीबाट डीएसपीसहित २६ र सशस्त्रबाट इन्स्पेक्टरसहित ४७ जना सुरक्षाकर्मी खटिँदै आएकामा १८ जनामा सीमित गरिएको थियो । मापदण्ड अनुसार हो भने पुर्वप्रधानमन्त्रीको लागि भनेर सशस्त्र प्रहरी बाट १६ जना र नेपाल प्रहरीबाट २ जना खटाउन पाउने नियम छ ।

अहिले गृहसचिव महेश्वोर न्यौपाने बाट सचिबस्तरीय निर्णय गरी दाहालको सुरक्षामा भन्दै थप एक दर्जन प्रहरी खटाउन निर्देशन दिएको छ। प्राप्त निदेशन अनुसार थप एक दर्जन प्रहरी गत शनिबार बाट दाहाल निवास खुमलटार पुगेका छन्।

प्रकाशित : मङ्गलबार, साउन ०५, २०७८१०:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालको १५ वोटा बैंकको सिस्टम ह्याक गर्ने भन्दै आयो इमेल र फोन!