एजेन्सी : बलिउडमा कुन समयमा कसको सम्बन्ध राम्रो हुन्छ र कसको सम्बन्ध बिग्रिन्छ ठेगान नै हुँदैन। न त बलिउडमा मित्र कुन बेला दुश्मन बन्छन् र दुश्मन कति बेला मित्र बन्छन् भन्ने एकिन नै गर्न सकिन्छ।
प्रेमको मामलामा पनि बलिउडमा यस्तै हुने गरेको छ। बलिउडमा क-कसको सम्बन्ध शुरु हुन्छ र क-कसको सम्बन्ध टुट्छ भन्ने पनि ठेगान हुँदैन।
कुनै समयमा एक-अर्कालाई ज्यादै प्रेम बन्ने बलिउड जोडीहरु पछि गएर सबै भन्दा ठूला दुश्मनमा परिणत भएको पनि सुन्नमा आउने गरेको छ। यस्तै प्रेम दुश्मनीमा परिणत भएका बलिउड जोडी मध्ये केहि छन्।
अक्षय कुमार र शिल्पा शेट्टी(Akshay Kumar and Shilpa Shetty) : –
कुनै एक समयमा यी दुई एक-अर्कालाई धेरै प्रेम गर्थे। यी दुईले खिलाडी तू अनाडी र धडकन जस्ता सुपरहिट चलचित्रमा पनि काम गरे। तर यी दुईको सम्बन्ध खासै लामो समय सम्म चल्न सकेन। अक्षयले ट्विंकल खन्नासँग विवाह गरेपछि यी दुई झनै टाढा भए। अहिले यी दुई सकेसम्म आमने-सामने हुन खोज्दैनन्।
ऋतिक रोशन र कंगना रनौत(Hrithik Roshan and Kangana Ranaut) : –
कृष र काइट्स जस्ता चलचित्रमा सँगै काम गरेका यी दुईको प्रेम सम्बन्ध धेरैमा चर्चा रह्यो। यी दुईको सम्बन्धलाई लिएर ठूलै विवाद समेत उत्पन्न भएको थियो। ब्रेकअप पछि यी दुईको सम्बन्ध यति बिग्रियो की, दुश्मनी अहिले सम्म पनि कायम छ।
विवेक ओबरोय र ऐश्वर्या राय बच्चन(Bibek Oberoi and Aishwarya Rai Bachchan) : –
सलमानसँगको प्रेम सम्बन्ध टुटेपछि ऐश्वर्या र विवेकको प्रेम शुरु भएको थियो। यहि प्रेम सम्बन्धको कारण सलमान र विवेक पनि दुश्मन बने। यता विवेक र ऐश्वर्याको सम्बन्ध पनि लामो समय टिक्न सकेन। ब्रेकअप भएपछि यी दुश्मन नै भए। अझ सम्म पनि यी दुईको सम्बन्ध राम्रो हुन सकेको छैन।
कंगना रनौत र अध्यय सुमन(Kangana Ranaut and Adhyayan Suman) : –
ऋतिक रोशनको अलावा कंगनाको नाम अध्ययन सुमनसँग पनि जोडिएको थियो। यी दुईले चलचित्र राज-२ मा सँगै काम पनि गरे। कंगनाको सुमनसँग पनि सम्बन्ध धेरै समय टिक्न सकेन। ब्रेकअप भएपछि एक अन्तर्वार्ताकै क्रममा कंगनाले आफू माथि कालो जादू गरेको भन्दै सुमनले आरोप लगाएका थिए।
सलमान खान र ऐश्वर्या राय बच्चन(Salman Khan and Aishwarya Rai Bachchan) : –
कुनै एक समयमा सलमान खान र ऐश्वर्या राय बलिउडकै सबै भन्दा चर्चित जोडी थिए। सलमानसँगको सम्बन्धलाई लिएर ऐश्वर्या धेरै नै गम्भीर थिइन्। तर सलमानको नकारात्मक प्रवृतिको कारण यी दुईको सम्बन्ध टुट्यो। सलमानको नकारात्मक प्रवृतिलाई कारण यी दुईको प्रेम दुश्मनीमा परिणत भयो।
ज्याकलीन फर्नाडिश र साजिद खान(Jacqueline Fernandez and Sajid Khan) : –
श्रीलंकन अभिनेत्री ज्याकलीन र निर्देशक साजिद खान बीच लामो समय सम्म सम्बन्ध रह्यो। चलचित्र हिम्मतवाला फ्लप हुनुको दोष साजिदले ज्याकलीनलाई लगाइदिए पछि यी दुईको सम्बन्धले अर्कै मोड लियो। अहिले यी दुई एक-अर्कालाई देख्न पनि चाहँदैनन्।