म बिवाह नगरी नै बच्चा जन्माउन चाहन्छु, नायिका नम्रता सापकोटा!

नायिका तथा मोडल नम्रता सापकोटाले एक अन्तर्वार्ताको क्रममा बिवाह नै नगरी बच्चा जन्माउने इच्छा व्यक्त गरेकी छिन् ।

नेपाली सिनेमा क्षेत्रको चर्चित नायिका तथा मोडल नम्रता सापकोटाले एक अन्तर्वार्ताको क्रममा दिएको बयानले अहिले सामाजिक सञ्जाल तताइ रहेको छ । नायिका भन्छिन् ‘आफूसंगै काम गरेका धरै को एक्टरसँग काम गर्दा उनीहरु संगै बसेर चिया कफी खादा प्रेमको हल्ला चल्लु कुनै नौलो कुरा हैन । यसलाई म सामान्य रुपमा लिन्छु।’

नम्रता भन्छिन ‘सामाजिक सञ्जालहरुमा जस्तो हल्ला आए पनी म अहिले सिंगल छु।’ यसै क्रममा नम्रता भन्छिन ‘मलाई बिवाह खासै बिशेस लाग्दैन। मेरो अहिले बिवाह गर्ने उमेर पुगे पनि मलाई बिवाह नगरी बच्चा जन्माउने इच्छा छ । र म त्यो इच्छा पुरा गर्नेछु। तर म अहिले सिंगल नै छु।’ उनको यस्तो बयान पछी सामाजिक सञ्जालहरुमा अभिनेत्री नम्रता प्रति बिभिन्न राम्रा नराम्रा प्रतिक्रियाहरु आएको छन् ।

नम्रता भन्छिन ‘म बिवाह गर्छु गर्दिन त्यो म भन्न सक्दिन तर बच्चा भने अवस्य पाउनेछु । बिवाह गरेर हुन्छ कि नगरी तर मलाई बच्चा चाहिन्छ । बिवाह हुने नहुने भनेको समय परुस्थिति बताउने छ।’ नम्रत थप भन्छिन मैले यस बिषयमा मेरो आमा बाबुलाई पनि बिस्वस्थ पारिसकेकी छु

अन्तर्वार्ताको अन्त्यमा नम्रता भन्छिन ‘ म यसरी सिंगल आमा बन्नुको कारण पुरुष प्रति नकारात्मक धारणा भएर नभई आफ्नो व्यक्तिगत इच्छा भएको उनको भनाइ छ ।

प्रकाशित : आइतबार, साउन ०३, २०७८११:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चर्चित हास्य कलाकार तथा मोडल सन्ध्या बुढा (काउली बुढी) को सोच्नै नसकिने यस्तो रुप, हेर्नुस् तस्बिर सहित!