एजेन्सी : बलिउडकी देसी गर्ल प्रियंका चोपडा अहिले एक इन्टरनेशनल स्टार बनिसकिन्। उनी संसारभर चर्चित छिन्। उनले बलिउडदेखि हलिउडसम्म आफ्नो अभिनयको जादू देखाईसकिन्। यहीँ कारण करोडौं मानिसले उनलाई मन पराउँछन्। सामाजिक सञ्जालमा पनि उनको राम्रो फ्यान फलोइङ छ।
इन्स्टाग्राममा ६५ मिलियन भन्दा बढी मानिसले उनलाई पछ्याएका छन्। यहीँबाट उनको लोकप्रियताको अनुमान लगाउन सकिन्छ। प्रियंका सामाजिक सञ्जालमा निकै निकै सक्रिय रहन्छिन् र प्राय: फ्यान्समाझ आफ्नो फोटो तथा भिडियो शेयर गरिरहन्छिन्। उनका तस्बिरहरुलाई असाध्यै मन पराउने गर्छन्।
हालै प्रियंका चोपडाको एक अत्यन्तै डरलाग्दो तस्बिर भाइरल भईरहेको छ। उनको अनुहार रगतले लत्पतिएको छ। प्रियंकाको यो फोटो देखेर फ्यान्सलाई चिन्ता हुन् लागिरहेको छ। यो तस्बिर प्रियंकाले आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गरेकी हुन्। फोटोमा तपाईले पनि देख्न सक्नुहुन्छ कि उनको अनुहार चोट लागे जसरी रगतले लत्पतिएको छ । तर खासमा त्यस्तो केही भएको छैन।
अहिले प्रियंका चोपडा आफ्नो आउँदो शो ‘सिटाडेल’ को शूटिङमा व्यस्त छिन्। उनको यो फोटो सोहीं शोको शूटिङको क्रममा खिचिएको हो। फोटोमा प्रियंका पहेलो रङ्गको टपमा देखिएकी छिन्। यो फोटो शेयर गर्दै प्रियंकाले लेखेकी छिन् – ‘ह ! अझ तपाईहरुले अरुको हाल हेर्नुपर्थ्यो।’ साथै उनले सेट लाइफ, एक्टरलाइफ र सिटाडेल जस्ता ह्यासट्याग प्रयोग गरेकी छिन्।
प्रियंका चोपडाको शो ‘सिटाडेल’ को निर्माण मार्वल फिल्मका डायरेक्टर जोडी जो र एन्थोनी रुसोले गरिरहेका छन्। यसमा प्रियंकासँग हलिउड फिल्म बडिगार्ड र गेम अफ थ्रोन्समा काम गरिसकेका रिचार्ड म्याडेन हुनेछन्। यहीँ वर्ष २०२१ को सुरुवातबाट नै यस सिरिजको शूटिङ सुरु भएको थियो। यस बाहेक प्रियंका मेट्रिक्स ४, टेक्स्ट फर यु, मिन्डी केलिंगद्वारा लिखित रोमान्टिक कमेडीमा देखिनेछिन्।