मुस्लिम धर्मको सारा दर्शनको लागि मन्दिर पुगिन, फ्यानहरुले गरे यस्तो प्रश्न!

बलिउड अभिनेत्री सारा प्राय:  हरेक क्रियाकालापको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर आफ्ना फ्यानहरुलाई जानकारी गरिरहन्छिन् । यस पटक भने सारा अली खान दर्शन गर्नको लागि मन्दिर पुगेकी छिन् । साराले आफ्नो तस्विर सामाजिक सञ्जाल इन्स्टाग्राममा  पोस्ट गरेकी छिन् ।

बलिउड अभिनेत्रीहरु प्राय:ट्रोलरको सिकार हुने गरेका छन् । उनले उक्त तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने बित्तिकै ट्रोलरको सिकार भएकी छिन् । अहिले साराको तस्बिरमा हेरर फ्यानहरुले बिभिन्न प्रश्न गरिरहेको छन् । फ्यानहारले सारालाई मन्दिरमा देखे  पछि उनलाई धर्मको विषयमा विभिन प्रश्न गरिरहेको छन् ।

सारा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । आज भोलि सारा आफ्नो दैनिक क्रियाकलापको तस्बिर पोस्ट गरिरहेको छिन् । सारा भारतको प्रख्यात मन्दिर कामख्यामा दर्शन गर्न गएकी हुन् ।

मन्दिरको दर्शन गर्न जाँदा सारा सेतो कलरको कुर्था सुरुवाल लगाएकी छिन् । तस्बिर पोस्ट गर्दै सारा क्यापसनमा लेख्छिन् । ‘शान्ति धन्य कृतज्ञ’ अहिले साराको यो तस्बिर देखेर केही फ्यानहरुले  सकारात्मक कमेन्ट गरिरहेको छन् भने कोहि फ्यान सारलाई विभिन् प्रश्न गरिहेका छन् ।

साराले तस्बिर पोस्ट गर्नासाथ केही फ्यानले उनलाई आफ्नो कमेन्ट बक्स अफ गर्न भनेका छन्  भने केही फ्यानहरु उनको यो तस्बिर देखेपछि धर्म सम्बन्धि विभिन्न प्रश्न गरिहेको छन् ।

एक फ्यान कमेन्टमा लेख्छन् ‘सारा तपाई कुन धर्म मान्नुहुन्छ।’ त्यस्तै अर्का व्यक्ति लेख्छन् तपाई हिन्दु हो कि मुस्लिम ।

 

प्रकाशित : बुधबार, असार ३०, २०७८१२:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भाइरल तस्बिर: श्वेता तिवारीको छोरी पलकले बेडरुममा देखाइन यस्तो अवतार, मन थामेर हेर्नुस् तस्बिर,