‘अजय देवगन नभेटेको भए शाहरुखसँग विवाह गर्नुहुन्थ्यो त ?’ भनेर फ्यानले सोध्दा काजोलले दिईन् मजेदार जवाफ

एजेन्सी : बलिउडमा फिल्म सुपरहिट भए भने त्यो फिल्मको जोडी पनि सुपरहिट हुन्छन्। दर्शकहरुले केही जोडीलाई असाध्यै मन पराउँछन्। शताब्दीका महानायक अमिताभ बच्चन(Amitabh Bachchan)-रेखा(Rekha), ऋषि कपूर(Rishi Kapoor)-नीतु कपूर(Neetu Kapoor), धर्मेन्द्र(Dharmendra) र हेमा मालिनीको जोडीलाई दर्शकले धेरै मन पराए।

यी बाहेक एक खास जोडी छन् – किङ् खान यानी शाहरुख खान(Shah Rukh Khan) र हँसमुख अभिनेत्री काजोल(Kajol) को। फिल्म ‘दिलवाले दुल्हनिया ले जायेंगे(Dilwale Dulhania Le Jayenge)’ र ‘कुछ-कुछ होता है(Kuch Kuch Hota Hai)’  पछि यो जोडीलाई दर्शकले अत्यधिक मन पराए।

वास्तविक जीवनमा शाहरुखले गौरीसँग र काजोलले अभिनेता अजय देवगनसँग विवाह गरिन्। एक पटक काजोलको एक फ्यानले उनलाई सोधे कि यदि अजय देवगनसँग विवाह नभएको भए शाहरुख खानसँग विवाह गर्नुहुन्थ्यो त ? अभिनेत्रीले फ्यानको यो सवालमा मजेदार जवाफ दिएकी छिन्।

हालै काजोलले सामाजिक सञ्जालमा एक स्टोरी पोस्ट गरेकी थिईन्। जसमा फ्यानले उनलाई सोधेका थिए कि ‘के तपाईले शाहरुखसँग विवाह गर्नुहुन्थ्यो ?’ जसको जवाफ दिँदै उनले भनिन् – ‘उनले प्रस्ताव राख्नुपर्थ्यो हैन् र ?’

काजोलको यस्तो जवाफले सामाजिक सञ्जालमा हलचल सुरु भएको छ। फ्यान्सले उनको जवाफमा आ-आफ्नै प्रतिक्रिया दिएका छन्। मजाक गर्न रुचाउने काजोलको यस्तो जवाफ आउनु नौलो कुरा भने होइन। उनी प्राय: जसो हँसिमजाक गरिरहन्छिन्।

प्रकाशित : सोमबार, असार ०७, २०७८१५:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डब्बू रतनानी क्यालेन्डरको लागि खिचिएको आलियाको फोटोले पायो धेरै चर्चा