डब्बू रतनानी क्यालेन्डरको लागि खिचिएको आलियाको फोटोले पायो धेरै चर्चा

एजेन्सी : सेलिब्रेटी फोटोग्राफर डब्बू रतनानी(Dabboo Ratnani) को क्यालेन्डर हरेक वर्ष चर्चामा हुन्छ। यस क्यालेन्डरमा बलिउड सेलेब्रेटीका ग्लामरस र बो_:ल्ड अन्दाजका तस्बिरहरु प्रकाशित हुन्छन्। डब्बू रतनानीका सन् २०२१ को क्यालेन्डरबाट अहिलेसम्म थुप्रै बलिउड अभिनेत्रीका फोटोशूट सार्वजनिक भएका छन्।

हालै आलिया भट्ट(Alia Bhatt)ले पनि डब्बू रतनानीको क्यालेन्डरको लागि गरिएको फोटोशूटको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन्। यस तस्बिरमा आलिया भट्ट ब्लु आउटफिटमा पोज दिँदै गरेको देख्न सकिन्छ।

आलिया भट्टले डब्बू रतनानीको क्यालेन्डरको लागि अहिलेसम्म थुप्रैपटक फोटोशूट गराईसकेकी छिन्।

डब्बू रतनानीको यस वर्षको क्यालेन्डर अहिलेसम्म प्रकाशित भएको छैन तर आलिया भट्ट, सनी लियोनी(Sunny Leone), विद्या बालन(Vidya Balan), कियारा आडवाणी(Kiara Advani) सहित तमाम सेलेब्सका तस्बिरहरु सार्वजनिक भईसकेका छन्।

प्रकाशित : सोमबार, असार ०७, २०७८१६:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डब्बू रतनानी क्यालेन्डरको लागि खिचिएको आलियाको फोटोले पायो धेरै चर्चा