एजेन्सी : बलिउडकी ब्युटीक्वीन तथा स्टाइल आइकन एक्ट्रेस दिशा पटानी(Disha Patani) का हरेक तस्बिरहरु भाइरल हुन्छन्। उनका हरेक अवतारलाई फ्यान्सले मन पराउँछन्। अहिले दिशा पटानीको एक पुरानो भिडियो सार्वजनिक भएको छ। जुन भिडियो देखेर मानिसहरु छक्क परेका छन्। दिशा पटानीको यो पुरानो भिडियो देखेर मानिसहरुले आफ्नो आँखामा विश्वास गर्न सकिरहेका छैनन्। किनकी उक्त भिडियो दिशा १९ वर्ष हुँदाखेरी खिचिएको थियो, जतिबेला दिशा बिल्कुलै फरक देखिन्थिन्।
उक्त पुरानो भिडियोमा दिशा पटानी कुनै एड शूटको लागि स्क्रिन टेस्ट दिईरहेकी छिन्। उनी यस स्क्रिन टेस्टमा कुनै कोल्ड क्रिम एड स्क्रिप्टमा काम गरिरहेको देख्न सकिन्छ। दिशा यो भिडियोमा त्यति स्लिम देखिएकी छैनन्, जति अहिले छिन्। अहिले दिशाले आफूलाई पूर्ण रुपमा ट्रान्सफर्म गरिसकिन्।
यो भिडियोको सुरुवातमै दिशाले आफ्नो नाम बताउँदै आफ्नो परिचय दिएकी छिन्। साथै दिशाले आफ्नो उमेर १९ वर्ष बताएकी छिन्। भिडियोमा दिशा क्युट एवं सिम्पल देखिएकी छिन्। यो भिडियो उनको करियरको सुरुवाती दिनका हुन्। केही समय अघि उनको फोटोशूटको तस्बिर पनि भाइरल भएको थियो। ती तस्बिरहरु क्लिक गर्दा दिशा १७ वर्षकी थिईन्।
दिशा पटानी पछिल्लो पटक सलमान खानसँग फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई(Radhe : Your Most Wanted Bhai)’ मा देखिएकी थिईन्। फिल्मले बक्स अफिसमा खासै तहल्का मच्चाउन सकेन।