तपाईले सोचेको भन्दा धेरै पढेका छन् यी टिभीका एक्टर्सले

एजेन्सी : टिभी इन्डस्ट्रीका थुप्रै लोकप्रिय अनुहारहरु छन् जसलाई मानिसहरु मन मात्र पराउँदैनन्, तिनीहरुका हरेक कुराहरुको अनुसरण पनि गर्छन्। यस्ता थुप्रै टिभी स्टार्स छन्, जसको फ्यान बेस एकदमै राम्रो छ। फ्यान्स आफ्ना मनपर्ने स्टारका बारेमा नयाँ-नयाँ कुरा थाहा पाउन उत्सुक रहन्छन्।

स्टार्सका प्रोफेशनल लाइफदेखि तिनका पर्सनल लाइफमा के भईरहेको छ हरेक कुरा थाहा पाउन चाहन्छन्। आज हामी तपाईलाई तपाईका मनपर्ने स्टारका पढाई-लेखाईका बारेमा बताउँछौँ। केहीले इन्डियाको प्रतिष्ठित विश्वविद्यालयबाट अध्ययन पूरा गरेका छन् भने केहीले विदेशका प्रतिष्ठित विश्वविद्यालयबाट डिग्री हासिल गरेका छन्।

ती स्टार्सका सूचीमा करण सिंहर ग्रोवर (Karan Singh Grover) देखि राम कपूर (Ram Kapoor) र हिना खान (Hina Khan) देखि मौनी रोय(Mouni Roy) सम्म पर्छन्।

करण सिंह ग्रोवर(Karan Singh Grover) :

टिभीका ह्यान्सम हंक करण सिंह ग्रोवर (Karan Singh Grover) होटेल म्यानेजमेन्टका ग्राजुयट हुन्। उनले मुम्बईको प्रतिष्ठित म्यानेजमेन्ट इन्स्टिच्युटबाट डिग्री हासिल गरेका छन्।

दीपिका सिंह(Deepika Singh) :

‘दिया और बाती हम(Diya Aur Baati Hum)’ फेम एक्ट्रेस दीपिका सिंह (Deepika Singh) ले पञ्चाब टेक्निकल युनिभर्सिटीबाट मार्केटिङ स्पेशलाइजेशनसँगै बिजनेस एडमिनिस्ट्रेशनमा पोस्ट ग्राजुयसन गरेकी छिन्।

मौनी रोय(Mouni Roy) :

मौनी रोयले दिल्लीको मिरान्डा हाउसबाट अंग्रेजी साहित्यमा ग्राजुयसन गरेकी छिन्। त्यसपछि उनले जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयबाट मास कम्युनिकेसनको पढाई पूरा गरिन्।

सुरभि ज्योति(Surbhi Jyoti) :

‘कुबूल है(Qubool Hai)’ फेम एक्ट्रेस सुरभि ज्योति (Surbhi Jyoti)ले एपीजे कलेज अफ फाइन आर्ट्स, जालन्धरबाट अँग्रेजीमा मास्टर अफ आर्ट्स गरेकी छिन्।

राम कपूर(Ram Kapoor) :

राम कपूर (Ram Kapoor) ले भारतमा ग्राजुयसन गरेपछि अभिनयमा पोस्ट ग्राजुयसन गर्नको लागि लस एन्जलस गएका थिए।

शरद केलकर (Sharad Kelkar) :

शरद केलकर (Sharad Kelkar) ले प्रेस्टिज इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड रिसर्च, ग्वालियरबाट मार्केटिङमा एमबीए गरेका छन्।

करण पटेल (Karan Patel) :

‘ये है मोहब्बतें(Yeh Hai Mohabbatein)’ फेम एक्टर करण पटेल (Karan Patel) ले लण्डन सकुल अफ आर्ट्सबाट पोस्ट ग्राजुयसन गरेका छन्।

दिव्यांका त्रिपाठी (Divyanka Tripathi) :

दिव्यांका त्रिपाठी (Divyanka Tripathi) ले राइफल शूटिङमा थुप्रै मेडल जितेकी छिन्। उनले उत्तरकाशीको नेहरू पर्वतारोहण संस्थानबाट पर्वतारोहणको कोर्स पनि गरेकी छिन्। उनी सिविल सेवा परीक्षाको तयारी गरिरहेकी थिईन्, यसैबीच उनले अभिनयमा अवसर पाईन्।

हिना खान (Hina Khan) :

श्रीनगर, जम्मू र कश्मीरमा जन्मिएकी हिना खान (Hina Khan) ले सन् २००९ मा सीसीए स्कूल अफ म्यानेजमेन्ट, दिल्लीबाट मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन-एमबीए गरेकी छिन्।

प्रकाशित : मङ्गलबार, असार ०१, २०७८१७:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी बलिउड अभिनेत्रीले आफ्नो विवाह ९ महिनासम्म पनि टिकाउन सकिनन्