सुशान्तको त्यो अधुरो सपना, पूरा गर्न चाहन्छन् रेमो डिसूजा

एजेन्सी : दिवङ्गत बलिउड अभिनेता सुशान्त सिंह राजपूत(Sushant Singh Rajput) ले यो संसार छाडेको एक वर्ष पूरा हुँदै छ। तीन दिनपछि उनको पहिलो पुण्यतिथि छ। उनको निधन पछि पनि फ्यान्स, साथी तथा बलिउड सेलिब्रेटीहरुले लगातार उनलाई याद गरिरहेका छन्।

कोरियोग्राफरबाट फिल्म निर्माता बनेका रेमो डिसूजा (Remo D’Souza) ले सुशान्तको एक अधुरो सपनाको बारेमा खुलासा गरेका छन्। सुशान्तलाई याद गर्दै उनले यदि सुशान्त जिउँदो भएको भए शायद उनको अधुरो रहेको सपना पूरा गर्ने बताए।

रेमो डिसूजाले सुशान्त सिंह राजपूतलाई पहिलो पटक सन् २०१० मा टिभी शो ‘झलक दिखला जा(Jhalak Dikhhla Jaa)’  को सेटमा भेटेका थिए। त्यतिबेला नै उनीहरुबीच बातचीत भएको थियो। उनले सुशान्तमा कलाको कमी नरहेको बताए। उनले सुशान्त अधुरो सपना पनि उल्लेख गरे।

रेमो डिसूजाले टाइम्स अफ इन्डियासँगको कुराकानीको क्रममा सुशान्तले एक पटक उनीसँग एक डान्स बेस्ड फिल्म गर्ने इच्छा व्यक्त गरेको बताएका थिए। आफ्नो फिल्म ‘छिछोरे(Chhichhore)’ को प्रचारप्रसारको क्रममा रियालिटी शो ‘डान्स प्लस(Dance Plus)’ आउँदा सुशान्तले त्यसो भनेको डिसूजाले खुलाए।

सुशान्तले आफ्नो डान्सको ट्रेनिङ शामक डावर(Shiamak Davar) बाट लिएका थिए र एक स्टेज डान्सरको रुपमै उनले आफ्नो करियरको सुरुवात गरेका थिए। सोनी टिभीको रियालिटी शो ‘झलक दिखला जा सिजन ४’ मा सुशान्त र अङ्किता लोखण्डे(Ankita Lokhande)दुवै  देखिएका थिए।

प्रकाशित : शुक्रबार, जेठ २८, २०७८१७:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी बलिउड अभिनेत्रीले विवाहमा लगाए यति महँगो ‘मङ्गलसूत्र’, मूल्य सुन्नुभएमा छक्क पर्नुहुनेछ