एजेन्सी : हिन्दु परम्परामा विवाहलाई धेरै महत्व दिईन्छ। विवाहमा बेहुलाद्वारा बेहुलीलाई लगाईएको मङ्गलसुत्रको पनि खास महत्व हुन्छ। यो हरेक युवतीको लागि सौभाग्यको निशानी हुन्छ। ‘मंगलसूत्र’ शब्दमा मङ्गल शब्दको अर्थ शुभ हुन्छ र सुत्रको अर्थ धागो हुन्छ।
र दुवैलाई मिलाउँदा मङ्गलसूत्र बन्छ यानी मङ्गलसूत्र भनेको दुई आत्मालाई एकसाथ बाँध्ने एक शुभ पवित्र धागो हो। साधारण युवती होस् या कुनै बलिउड अभिनेत्री सबैको लागि मङ्गलसूत्र धेरै खास हुन्छ। आज हामी तपाईलाई बलिउड अभिनेत्रीहरुका महँगा मङ्गलसूत्रका बारेमा बताउँदै छौँ।
बलिउडको सबैभन्दा सुन्दर मानिने अभिनेत्री ऐश्वर्या राय बच्चन(Aishwarya Rai Bachchan)को मङ्गलसूत्रलाई ४५ लाख भारु पर्ने बताईएको छ। यो मङ्गलसूत्र डायमण्ड प्याडेन्टसँग ब्ल्याक बिडेड नेकपिसले बनेको छ।
अनुष्का शर्मा(Anushka Sharma)को मङ्गलसूत्र हिराबाट बनेको छ, जसको बीचमा एक फूलको डिजाइन बनेको छ। यो मङ्गलसूत्र करिब ५२ लाख भारुमा बनेको हो।
बलिउड तथा दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल(Kajal Aggarwal) को मङ्गलसूत्र केही हदसम्म अभिनेत्री दीपिका पादुकोणको मङ्गलसूत्रसँग मेल खान्छ। यसमा एक सानो बिडेट चेन र एक सानो डायमण्ड सोलिटेयर पेन्डेन्ट छ।
दीपिका पादुकोण(Deepika Padukone) को मङ्गलसूत्र ब्ल्याक बिडेट लेस र छोटो डायमण्ड पेन्डेन्टबाट बनेको छ। जुन करिब २० लाख रुपैयाँको हो।
बलिउडकी देसी गर्ल यानि प्रियंका चोपडा जोनासको मङ्गलसूत्र सब्यसाची हेरिटेज ज्वलरीले बनाएको हो। यसमा सुनको चेन छ र यसलाई करिब ५२ लाख भारु पर्छ।