काठमाडौँ : शनिदेव एक राशिमा साढे दुई वर्षसम्म रहन्छन्। शनि सबै नौ ग्रहहरू बीच सबभन्दा ढिलो गतिशील ग्रह हो। शनि बि.सं. २०७६ साल माघ १० गते (२४ जनवरी २०२०) शुक्रवारबाट मकर राशिमा गोचर गरेको थियो।
मकर राशि स्वयम् शनिदेवको स्वामित्व भएको राशि हो। शनि मकर राशिमा भएको कारण यस राशिमा शनिको साढेसाती चलिरहेको छ। मकर राशि बाहेक धनु र कुम्भ राशिमा पनि शनिको साढेसाती चलिरहेको छ।
कुनै पनि राशिमा शनिको साढेसाती सात वर्षसम्म रहन्छ। यो सात वर्षको अवधिमा साढेसातीको तीन चरण हुन्छ। तीन चरणमा कुनै पनि राशिमा शनिको प्रभाव फरक-फरक हुन्छ। तर यो कुरा थाहा पाउन जरूरी छ कि शनिको साढेसाती सधैं अशुभ मात्र हुँदैन।
जो व्यक्तिको कुण्डलीमा शनि शुभ स्थितिमा विराजमान हुन्छ उनीहरुलाई शनिको अशुभ प्रभावले सताउँदैन। जान्नुहोस् मकर राशिमा शनिको साढेसाती कहिलेसम्म रहन्छ।
शनिलाई एक राशिबाट अर्को राशिमा गोचर हुनको लागि साढे दुई वर्ष लाग्छ। शनिले राशि परिवर्तन गर्दा ५ राशिमा प्रभाव पर्ने गर्छ। तीन राशिमा साढेसाती र दुई राशिमा शनिको छायाँ। शनिदेव हाल मकर राशिमा विराजमान छन्। मकर राशिमा आधा साढेसातीको दोस्रो चरण चलिरहेको छ।
ज्योतिष गणनाको अनुसार मकर राशिका मानिसले तब शनिको साढेसातीबाट मुक्ति पाउनेछन् जब शनि ग्रह मीन राशिमा गोचर हुनेछ। शनि ग्रह मीन राशिमा प्रवेश गर्ना साथ मकर राशिमा साढेसाती सकिनेछ।
सन् २०२५ मा मात्र शनिदेव मीन राशिमा प्रवेश गर्नेछन्। यसको मतलब मकर राशिका मानिसमा सन् २०२५ सम्म शनिको साढेसाती कायम रहनेछ।