भोलि सूर्यग्रहण लाग्दै : १४८ वर्षपछि बन्दैछ अद्भुत संयोग, यी राशिलाई शुभ

काठमाडौँ : बि.सं. २०७८ सालको पहिलो सूर्यग्रहण(Solar Eclipse) भोलि यानी जेठ २७ गते बिहीवार औंसीको दिन लाग्दैछ। यो पूर्ण सूर्यग्रहण हुनेछ जसमा चन्द्रमाले पूर्ण रुपमा पृथ्वीलाई ढाक्छ। जतिबेला सूर्यको बाहिरी घेरा मात्र देखिन्छ। ग्रहणमा सूर्यको लगभग ९४ प्रतिशत भागलाई चन्द्रमाले छेक्छ। पूर्ण सूर्य ग्रहण भएको कारण दिउँसै चारैतिर अँध्यारो छाउनेछ।

नेपालबाट यो ग्रहण देखिने छैन। यहीँ कारण ग्रहण काल मान्य हुनेछैन। ‘रिङ्ग अफ फायर’ यानी वलयकार सूर्य ग्रहणको दृश्य विदेशबाट भने देख्न सकिन्छ। ‘रिङ्ग अफ फायर’ यानी वलयकार सूर्य ग्रहण उत्तरी क्यानडा, ग्रीनल्याण्ड र रुसमा देखिनेछ। त्यस्तै अमेरिकाको उत्तरी भाग, युरोप र एसियामा पनि आंशिक ग्रहण देखिनेछ।

करिब १५० वर्षपछि बन्दैछ अद्भूत संयोग :

तिथि कालको गणना अनुसार १४८ वर्षपछि भोलि शनि जयन्तीको दिन सूर्यग्रहण लाग्दैछ। भोलि सूर्य र शनिको अद्भूत योग बन्दै छ। जेठ १२ गते बुद्ध पूर्णिमामा लागेको चन्द्रग्रहण जस्तै यो ग्रहण पनि नेपालबाट देखिनेछैन। वलयाकार सूर्यग्रहणमा जब चन्द्रमा पृथ्वीको धेरै टाढा रहेर पृथ्वी र सूर्यको बीचमा आउँछ अर्थात चन्द्रमाले सूर्यलाई यस प्रकारले छेक्दछ कि सूर्यको मध्य भाग मात्र छाया क्षेत्रमा आउँदछ र पृथ्वीबाट हेर्दा चन्द्रमा द्वारा सूर्य पूरा छेकिएको देखिन्न बरु सूर्यको बाहिरको क्षेत्र प्रकाशित हुनाले चुरा या वलयको रूपमा चम्किने देखिन्छ । चुरा आकारमा बनेको सूर्यग्रहणलाई नै वलयाकार सूर्यग्रहण भनिन्छ ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

यो ग्रहण कालमा यस राशिका जातक वादविवादबाट टाढै रहनुहोला। वाणीमा नियन्त्रण राख्नुहोला। आर्थिक हानि हुन् सक्छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

सूर्य ग्रहणको कारण वृष राशिका जातकले आफ्नो स्वास्थ्यको अत्यन्तै ख्याल राख्न जरुरी देखिन्छ। करियर र कार्यक्षेत्रमा सावधानी अपनाउनुहोला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

यस राशिका जातकले आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ। धन हानिको योग छ। व्यर्थ खर्च गर्नबाट बच्नुहोला। भावनात्मक सम्बन्ध सुधार हुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

यस राशिका जातक सतर्क रहन आवश्यक छ। वादविवादबाट टाढै रहनुहोला। वाणीमा नियन्त्रण गर्नुहोला। विरोधीहरुबाट सतर्क रहनुहोला।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

यस राशिका जातकलाई आर्थिक लाभ हुन् सक्छ। धन लाभको योग छ। कसैको बारेमा नकारात्मक नसोच्नुहोला। अध्यात्मतिर मन डुलाउनुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। कसैबाट पैसा सापटी नलिँदा बेश हुनेछ। पारिवारिक सम्बन्धमा मिठास आउनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

सोच-विचार गरेर मात्र कुनै पनि काम गर्नुहोला। मानसिक तनावबाट टाढै रहनुहोला। कुनै गरीब तथा निर्धन व्यक्तिलाई मद्दत गर्नुहोला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

यस राशिका जातकले आफ्नो मनलाई काबू राख्न आवश्यक छ। नकारात्मक विचारबाट टाढै रहनुहोला। स्वास्थ्यको ख्याल गर्नुहोला। ध्यान-योगा गर्नुहोला।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

करियर र शैक्षिक प्रतियोगितामा सफलता मिल्नेछ। मेहनत गर्नुहोला। व्यर्थ खर्च गर्नबाट बच्नुहोला। आर्थिक लाभ हुन् सक्छ। कुनै क्षेत्रमा लगानी गर्दा लाभ प्राप्त हुन् सक्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

आफ्नो स्वास्थ्यको ख्याल गर्नुहॊला। कुनै पनि काम सोचविचार गरेर मात्र गर्नुहोला। कसैलाई चाहिने भन्दा बढी भरोसा गर्नु हानिकारक हुन् सक्छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

यस राशिका जातकले आफ्नो क्रोधमा नियन्त्रण गर्नुहोला। विरोधी परास्त गर्न सक्नुहुन्छ। कार्यक्षेत्रमा सतर्कता अपनाउनुहोला। नकारात्मक विचारबाट टाढै रहनुहोला।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

यस समयावधिमा मीन राशिका आत्मविश्वासले भरिपूर्ण रहनेछन्। सोचविचार गरी निर्णय लिनुहोला। पार्टनरको स्वास्थ्यको ख्याल गर्नुहोला।

प्रकाशित : बुधबार, जेठ २६, २०७८१९:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि बिहीवारको राशिफल : लाभदायक रहला तपाईको दिन, आर्थिक लाभको योग छ