एजेन्सी : पछिल्लो समय बलिउड अभिनेत्रीहरुबीच आफ्नो बिना मेकअपको फोटो शेयर गर्ने चलन बढिरहेको छ। यसलाई अभिनेत्रीको बढ्दो आत्मविश्वास मान्न सकिन्छ । अभिनेत्रीहरु अहिले बिना मेकअपको फोटो हाल्दा फ्यान्सले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने कुराको पर्वाह गर्दैनन्।
एक साधारण महिला जस्तै अभिनेत्रीहरु पनि आफ्नो आम जिन्दगीका तस्बिरहरु शेयर गर्छन्। डाइट प्लान, वर्कआउट, योगा र त्वचालाई स्वस्थ राख्न अनेक उपाय अपनाउने कारण पनि अभिनेत्रीहरु बिना मेकअप पनि बिछट्टै राम्री देखिन्छन्।
प्रियंका चोपडा(Priyanka Chopra) :
प्रियंका चोपडा ती अभिनेत्रीहरुका सूचीमा पर्छिन्, जो बिनामेकअप नै फोटोशूट र पोस्टर्सको लागि फोटो खिचाउँछिन्। ट्रोल्सको पर्वाह नगरी उनी आफूलाई जे राम्रो लाग्छ त्यहीँ गर्छिन्। उनी बिनामेकअप नै अत्यन्तै सुन्दर देखिन्छिन्। यसको प्रमाण उनको सोशल मिडियामा शेयर गरिएको बिना मेकअपका तस्बिरहरु हुन्।
काजोल(Kajol) :
अभिनेत्री काजोल मनमा कुरा गुम्साएर राख्न सक्दिनन्, उनको फ्याट्ट बोलिहाल्ने बानी छ। अन्तर्वार्ताहरुमा पनि उनी निष्फिक्री-निर्धक्क साथ बोल्छिन्। काजोल बिना मेकअपमा देखिनु कुनै ठुलो कुरा हैन। उनी प्राय: बिना मेकअप नै बाहिर हिड्डुल गर्छिन्। सामाजिक सञ्जालमा पनि उनका बिना मेकअपका फोटोहरु टन्नै देख्न सकिन्छ।
आलिया भट्ट(Alia Bhatt) :
आलिया भट्ट आफ्नो सोशल मिडिया अकाउन्टमा बिना मेकअपका फोटो शेयर गरिरहन्छिन्। यद्यपि उनको आकर्षक मुस्कान र चम्किलो त्वचाको कारण खासै अन्तर देखिन्न। स्क्रिनमा पनि आलिया धेरै डार्क मेकअप उपयोग गर्दिनन् ।
करीना कपूर(Kareena Kapoor) :
करीना कपूर आफ्नो बिना मेकअपको फोटो आत्मविश्वाससँग शेयर गर्छिन्। उनको बिना मेकअपको तस्बिरलाई ट्रोलर्सले निशाना पनि बनाउने गर्छन्। यद्यपि उनलाई यस्ता ट्रोलिङले केही फरक पारेको देखिन्न। उनी प्राय: नो फिल्टरका फोटो शेयर गरिरहन्छिन्।
कट्रिना कैफ(Katrina Kaif) :
कट्रिना कैफ हेवी मेकअपमा एकदमै कम मात्रामा देखिन्छिन्। सामान्यतया: उनी मिनिमम मेकअपमै देखिन्छिन्। उनको आम जिन्दगीको बिना मेकअपको फोटो पनि एकदमै सुन्दर देखिन्छ। प्राय: उनी वर्कआउट पछि फोटो शेयर गर्छिन्।