सम्मान गर्न यी ५ अभिनेत्रीबाट सिक्नुस्, ससुराबालाई पनि आफ्नै बुबा झैँ मान्छन्

एजेन्सी : एउटा केटीको सपना हुन्छ कि उनलाई जिम्मेदार श्रीमान मिलोस्। साथै उनको घर माईत जस्तै होस्। साधारण मानिसको पारिवारिक जिन्दगी प्राय: सबैलाई थाहा नै हुन्छ । जब ठुला-ठुला बलिउड स्टारको कुरा आउँछ तब उत्सुकता पैदा हुन्छ। यस्तैमा कुरा गर्छौ बलिउडको ५ फिल्म अभिनेत्री जो आफ्नो ससुरालाई बुवा झैँ मान्छन्।

दिपिका पादुकोण(Deepika Padukone) :

२०१८ साल नोवेम्बर १४ र १५ मा दिपिका र रणवीर सिंह(Ranveer Singh)ले विवाह गरेर घर बसाएका थिए। पाँच वर्षको अफेयरपछि यी दुईले विवाह गरेका हुन् । रणवीर सिंहको बुवाको नाम जगजीत सिंह भवनानी(Jagjit Singh Bhavnani) हो । दिपिका आफ्नो ससुरा जगजीतलाई आफ्नो बुवालाई जतिकै सम्मान दिन्छिन्।

ऐश्वर्या राय बच्चन(Aishwarya Rai Bachchan) :

महानायक अमिताभ बच्चन(Amitabh Bachchan)की बुहारी र अभिनेत्री ऐश्वर्या राय बच्चन बीचको माया सबैलाई थाहा नै छ। बिग बी र ऐश्वर्याले कैयौँ फिल्ममा सँगै काम गरेका छन्। यहाँसम्म कि दुवैले ‘मोहबत्ते(Mohabbatein)’ र ‘क्यों हो गया न(Kyun! Ho Gaya Na… )’ जस्ता रोमान्टिक फिल्ममा पनि काम गरेका छन्। दुवैको बोन्ड फिल्मी पर्दामा र पारिवारिक दुवैमा बलियो छ । ऐश्वर्या बिग बीलाई आफ्नो बुवा भन्दा कम मान्दैनन्।

सामन्था रुथ प्रभु(Samantha Ruth Prabhu) :

यो लिस्टमा साउथ फिल्मकी अभिनेत्री सामन्था रुथ प्रभुको नाम पनि आउँछ। सामन्था साउथको सुपरस्टार अक्किनेनी नागार्जुन(Nagarjuna)की खानदानी बुहारी हुन्। उनले नागार्जुनसँगै दयालु ,राजू गारी गाढ़ी-२ जस्ता फिल्ममा काम गरेका छन्। पारिवारिक हिसाबले हेर्दा परिवार निकै संस्कारी छन्।

नेहा धुपिया(Neha Dhupia) :

बलिउड अभिनेत्री र टिभी होस्ट नेहा धूपियाले २०१८ मा अभिनेता अंगद बेदी(Angad Bedi)सँग बिहे गरेकी थिइन्। यो बिहेपछि दुवैको एक छोरी पनि छ। छोरीको नाम महर राखेकी छन्। नेहाको ससुराको नाम बिशन सिंह बेदी(Bishan Singh Bedi) हो र भारतीय क्रिकेट टीमको पूर्व खेलाडी हुन्। नेहाले अगंदसँग प्रेम विवाह गरेकी हुन् र उनी आफ्नो ससुरालाई बुबा जस्तै मान्छिन्।

सोनम कपूर(Sonam Kapoor) :

सोनम कपूरले २०१८ मा आनन्द आहुजा(Anand Ahuja)सँग विवाह गरेकी हुन्। ९ जुनमा सोनमले आफ्नो ३४ औँ जन्मदिन मनाएकी हुन्। आनन्द आहूजाको बुबाको नाम सुनील आहूजा(Suneel Ahuja) हो र उनी चर्चित बिजनेसम्यान हुन् । सोनम कपूर आफ्नो ससुरा सुनील आहूजालाई निकै सम्मान गर्छिन् र बुबा झैँ मान्छिन्।

प्रकाशित : मङ्गलबार, जेठ २५, २०७८१३:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसारभर परिचित यी अभिनेत्रीले जब कसैले नचिन्ने आम मानिससँग बिहे गरे……