एजेन्सी : एक अभिनेत्रीको रुपमा दीपिका पादुकोण(Deepika Padukone) को सबैभन्दा खास खुबी भनेको एक साधारण र सोझी युवतीको भूमिका देखि ग्लामरस र कन्फिडेन्ट युवतीको भूमिकामा समानता पूर्वक आफूलाई ढाल्न सक्नु हो। दीपिकाको फिल्म ये जवानी है दीवानी(Yeh Jawaani Hai Deewani) रिलिज भएको ८ वर्ष पूरा भईसकेको छ। उनले यस फिल्ममा दुवै भूमिकामा प्रयोग गर्न र एक कलाकारको रुपमा आफ्नो बहुमुखी प्रतिभालाई चित्रित गर्ने अवसर पाईन्।
प्रेम र मित्रतामा केन्द्रित यो फिल्मले व्यवसायिक रुपमा सफल भएको थियो। र फिल्म रिलिज भएको वर्ष ट्रेन्ड चलेको थियो – चाहे त्यो दीपिकाको गीक चस्मा होस् या बतमिज दिल(Badtameez Dil) गीतमा उनको प्रतिष्ठित ककटेल निलो सारी नै किन नहोस्, हरेक युवती नैना तलवार(Naina Talwar) बन्न चाहन्थे।
‘ये जवानी है दीवानी’ ले सिनेमाको सबैभन्दा मन बढी पराईएको अनस्क्रिन जोडीमध्ये एक, रणबीर कपूर(Ranbir Kapoor) र दीपिका पादुकोणले ‘ये जवानी है दीवानी’ मा आफ्नो अभिनयले दर्शकलाई खुब मनोरञ्जन गराए। बचना ऐ हसीनों(Bachna Ae Haseeno), तमाशा(Tamasha) र ये जवानी है दीवानी जस्ता फिल्महरुमा सँगै अभिनय गरी एक पर्फेक्ट जोडीको रुपमा दर्शकलाई मन्त्रमुग्ध बनाएका छन्।
दीपिकाले नैनाको भूमिकालाई जिवन्त बनाएकी छिन्। यस बारेमा दीपिकालेभन्छिन् – ‘ये जवानी है दीवानीपछि मैले आफूलाई चिने। जीवनमा मेरो यात्रा, मेरो क्यारेक्टर नैना तलवार जस्तै छ।’ जो आफ्नो रिजर्व्ड नेचर र लाजलाई त्यागेर एक स्वतन्त्र, आत्मविश्वासी व्यक्ति बन्न चाहन्छन्, तिनलाई नैनाले धेरै कुरा सिकाएको छ।