एजेन्सी : बलिउड तथा टलिउड अभिनेत्री काजल अग्रवाल(Kajal Aggarwal)ले गत वर्ष अक्टोबरमा बिजनेसम्यान साथी गौतम किचलू (Gautam Kitchlu) सँग विवाह गरिन्। विवाह पछि उनी आफ्नो वैवाहिक जीवनको मज्जा लिईरहेकी छिन्। तर उनलाई आफ्नो करियरको चिन्ताले पनि सताईरहेको छ। टलिउडको टप एक्ट्रेस रहेकी काजलले अहिले काम पाईरहेकी छैन्। यसकारण अहिले उनी पहिले भन्दा आधा पारिश्रमिकमै काम गर्न तयार भएकी छिन्।
फिल्म इन्डस्ट्रीमा सुरुवातदेखि नै अभिनेत्रीहरुको विवाहपछि उनीहरुले काम पाउँदैनन्। काजल अग्रवालले पनि यहीँ समस्या भोगेकी छिन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार काजल अग्रवालले आगामी प्रोजेक्टमा काम गर्नको लागि आफ्नो पारिश्रमिक आधा घटाउने निर्णय गरेकी छिन्। उनले यो निर्णय खासमा एउटा राम्रो अफर आफ्नो हातबाट निक्लिने डरले लिएकी हुन्। यस्तो फैसला लिनु उनको लागि सजिलो थिएन्।
वर्कफ्रन्टको कुरा गर्ने हो भने काजल अग्रवाल सुपरस्टार चिरञ्जीवी स्टारर ‘आचार्या(Acharya)’ मा लिड रोलमा देखिनेछिन्। यो फिल्ममा उनीसँग अभिनेत्री पूजा हेगडे(Pooja Hegde) पनि हुनेछिन्। फिल्मलाई चिरञ्जीवीका छोरा तथा अभिनेता रामचरणले निर्माण गरिरहेका छन् भने यसको डायरेक्शन कोरताला शिवा(Koratala Siva) ले गर्दै छन्।
यो फिल्म बाहेक काजल कमल हासन स्टारर ‘इन्डियन २(Indian 2)’ मा पनि देखिनेछिन्। यो फिल्मलाई एस.शङ्कर(S.Shankar) ले निर्देशन गर्ने छन्।