एजेन्सी : हामी सबैले बलिउड अभिनेत्रीहरु बीचको मित्रता पर्दामा देखेका छौ, तर के तपाईलाई थाहा छ केही अभिनेत्रीहरु वास्तविक जीवनमा एक-अर्काको दुश्मन हुन्छन्? दुई अभिनेत्रीबीच फिल्ममा रोलदेखि शुल्कलाई लिएर झगडा हुन्छ ? तर केहि अभिनेत्री भने ब्वायफ्रेन्डको लागि झगडा गर्छन्। जसमा अभिनेत्री मनीषा कोइराला(Manisha Koirala) र ऐश्वर्या राय(Aishwarya Rai) पनि पर्ने गर्छन।
तपाई यो सुनेर छक्क पर्नुहुनेछ कि एक समयमा बलिउडको चर्चित अभिनेत्रीहरु पुरुषको लागि एक-अर्कासँग लड्थे। दुवै अभिनेत्रीबीच बहस भयो। जुन केटाको लागि मनीषा-ऐश्वर्याबीच बहस भएको थियो , उनको नाम राजीव मूलचन्दनी(Rajeev Mulchandani) थियो।
सबैलाई ऐश्वर्याको पहिलो माया सलमान खान(Salman Khan) लागे पनि उनको पहिलो क्रश भने राजीव मूलचन्दनी थिए। यो कुरा ऐशले मोडलिङ गर्ने समयको हो। त्यस समय राजीव मोडलिङको चर्चित अनुहार थिए।
मोडलिङ गर्ने समयमा ऐश्वर्या राजीव मूलचन्दनीसँग नजिकिन थालिन्। ऐश्वर्या सधैँ राजीवलाई आफ्नो साथी बताउथिन्। खबर अनुसार ऐश्वर्या मिस वर्ल्ड बनेपछि उनी विस्तारै राजीवबाट टाढा भएकी थिइन् । त्यतिबेला राजीवको नाम बलिउड अभिनेत्री मनीषा कोईरालासँग पनि जोडिएको थियो। मनीषा आफैले राजीव र आफु नजिकिएको कुरा फैल्याएकी थिइन्। मनीषाले खुलासा गरेकी थिइन् कि अभिनेत्री ऐश्वर्याको कारणले उनको जीवनमा धेरै उथलपुथल मच्चिएको छ ।
सन् १९९४ सालमा मनीषाले एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा आफ़ुले राजीव मूलचन्दनीलाई डेट गरिरहेको कुरा बताएकी थिइन्। मनीषाले उक्त अन्तरवार्तामा राजीवले ऐश्वर्यालाई छोडेको कुरा बताएकी थिइन्। साथै मनीषाले राजीव र ऐश्वर्याको लव लेटर्स देखेको कुरा पनि खुलस्त रुपमा भनेकी थिइन्, जुन राजीवले ऐश्वर्याको लागि लेखेका थिए।
मनीषाको यो अन्तरवार्तापछि ऐश्वर्या निकै दुखी भएकी थिइन्, किनकी त्यस समय ऐश्वर्या इन्डस्ट्रीमा भर्खर काम सुरु गरिरहेकी थिइन् र मनीषा भने पहिलेदेखि नै चर्चित थिइन्।
१९९९ सालमा ऐश्वर्या रायले एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा मनीषाको कुरामा उनले आक्रोश व्यक्त गरेकी थिइन्। उक्त अन्तवार्तामा ऐश्वर्याले मनीषाको सबै कुरा साँचो नरहेको बताएकी थिइन्। मनिषाले आफ्नो बारेमा नराम्रो भनेपछि आफुलाई निकै समस्या भएको ऐश्वर्याले बताएकी थिइन्।
उनको कुरा सुनेर रातभरि रोएको र त्यस्तो आरोपले आफ्नो छविमा असर परेको बताएकी थिइन्। यस अन्तर्वार्तामा उनले आफु राजीवसँग सम्बन्धमा नरहेको पनि खुलासा गरेकी थिइन्।